© २०२३
तिलोत्तमा, २४ चैत ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ४, चेतनशील वडा बाल सञ्जालको आयोजना तथा ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा वडास्तरीय वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ, ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्रका १७ वडामध्ये १२ वटा वडाको सहभागिता रहेको थियो । कुलत र बालश्रम मुक्त तिलोत्तमा अभियान भन्ने शीर्षकमा वक्तृत्वकला गरिएको चेतनशील बाल सञ्जालकी अध्यक्ष प्रिन्सा गौतमले जानकारी दिइन् ।
कार्यक्रमको उदघाटन वडा नम्बर ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा वडा सदस्यहरू, नगर बाल सन्जाल अध्यक्ष विवेक खड्का, सहभागी वडाका वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्तिहरु, बाल मैत्री सहजकर्ताहरुको उपस्थिति थियो ।
बालबालिकालाई कलतमा लाग्नबाट रोक्न र तिलोत्तमालाई बालश्रम मुक्त गर्ने मुख्य उद्देश्यले वक्तृत्वकला गरिएको वडा सचिव काशीराम ज्ञवालीले जानकारी दिए । बालमैत्री दिगोपनाका लागि निरन्तर यस्ता खालका कार्यक्रम र अन्तर वडा स्तरीय कार्यक्रम प्रभावकारी हुने उनले बताए ।
कार्यक्रममा मूल्याङ्कनकर्ताको संयोजक जनज्योति माविका शिक्षक पिताम्बर पराजुली र सदस्य मावि शिक्षक सविता पौडेल राधिका घिमिरे रहेका थिए । उक्त कार्यक्रममा प्रथम स्थान एकता बाल सञ्जाल तिलोतमा वडा न ११ की विनिशा बगाले, द्वितीय स्थान नमुना बाल सन्जाल वडा नं १६ की प्रतिभा न्यौपाने र तृतीय स्थान बाटिका बाल सन्जाल वडा नं २ प्रतिज्ञा सुवेदीले हासिल गरेका थिए । सहभागीलाई प्रमाणपत्र तथा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र सहित पुरस्कार समेत वितरण गरिएको थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी