© २०२३
गुल्मी, २४ चैत ।
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ३ सय २१ मत प्राप्त गरी संघको अध्यक्षमा निर्वाचित बनेका थिए । श्रेष्ठसँगै अध्यक्ष पदका प्रतिस्पर्धि रामप्रसाद पन्थीले २ सय १ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा मात्र भएको निर्वाचनमा काँग्रेस निकट व्यवसायी मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थी बीच चुनावी प्रतिस्पर्धा भएको थियो । कुल ५ सय ८५ मतदाता रहेको गुल्मी उद्योग वाणिज्य संघमा शुक्रबार भएको निर्वाचनमा ५ सय ३५ मत खसेको थियो । अध्यक्षका लागि मात्र मतदान भए पनि अन्य सम्पूर्ण पदहरू भने निर्विरोध भएको थियो । नव गठित गुल्मी उद्योग वाणिज्य संघको उपाध्यक्षमा ताराप्रसाद भुसाल, इश्वरीप्रसाद बेल्वासे र गोपालप्रसाद भुसाल रहेका छन । संघको महासचिवमा चेतनारायण पाण्डे, सचिवमा बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरी कँडेल र सहकोषाध्यक्षमा कृष्ण खनाल रहेका छन ।
त्यसैगरी अन्य सदस्यहरूमा महेशकुमार राजभण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञानबहादुर भलामी, किशोरप्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ र शशी केसी रहेका छन । गुल्मी उद्योग वाणिज्य संघको चैत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा सम्पन्न भएको थियो । साधारण सभापछि नौं गते अधिवेशन हुने तयारी भएपनि सहमती जुटाउनका लागि भन्दै अधिवेशन सारिएको थियो । तर सहमती जुट्न नसकेपछि श्रेष्ठ र पन्थी बीच चुनावी प्रतिस्पर्धा भएको हो । नेकपा एमाले निकट व्यावसायीहरूले २०७६ मा गुल्मी उद्योग वाणिज्य संघबाट अलग बनेर चेम्बर अफ कमर्शको शाखा स्थापना गरेपछि संघमा अहिले अधिकांश काँग्रेस निकट व्यावसायीहरू रहेका छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी