© २०२३
बुटवल, २४ चैत ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो महाधिवेशन भैरहवामा सुरु भएको छ । महाधिवेसनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । महाधिवेसनलाई सम्बोधन गर्दै तथा लायन्स इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुल्लाकोटीले लायन्सको योगदान विश्वस्तरबाट प्रसांसागर्न लायक भएको भन्दै सबैले उच्च सम्मान गर्नुपर्ने धाराणा राखेका छन् । विश्वबाट पोलियो रोग सहितका विभिन्न महाहारी विरुद्धको लडाईमा लायन्सको योगदान उच्च रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी सिद्धार्थनगर नगरपालिका नगर प्रमुख ईस्याक अहमद खाँले सामाजिक सेवा भावले लायन्सको योगदान सबैले उच्च प्रसंसा गर्नुपर्ने बताएका थिए । अर्का विशिष्ठ अतिथि कञ्चन गाउँपालिका प्रमुख नवराज ढकालले बोल्दै लायन्स संगको सहकार्यमा विभिन्न सामाजिक काम सहज रूपमा सम्पन्न भएको बताएका थिए ।
गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ग को अध्यक्षतामा भएको कार्यक्रमा कार्यक्रममा मल्टीपलडिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरूण प्रताव राणा, निर्वातमान गर्भनर अर्जुनमान शैजु, फष्टभिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, पूर्व गर्भनरहरू नवराज न्यौैपाने, अनुप कुमार पहारी, सुनिल वझा, महेन्द्र नाराण श्रेष्ठ, सेक्रेटरी एड्भाईजर, विनोद खरेल, फाईनान्सली एड्भाईजन दिनेश श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एडभाइजर खेम हमाल, एलसिआइएफ कोडिनेटर अर्चित श्रेष्ठ, एव जिएटी सवै पदाधिकारीहरू, गर्भनरका सद्भानादुतहरू पिआरओ एकादेव बस्याल, सबै एरिया चिफहरू तथा डिष्ट्रिक महत्वपूर्ण पदाधिकारीहरू र सम्र्पूण सदस्यहरू सहभागी रहेको थियो ।
एरिया चिफ तथा संयोजक अभिनय मयुर कसौधनले कार्यक्रममा सहयोग गर्ने विभिन्न लायन्स क्लव सहितका संघ सस्थालाई सम्मान समेत गरेका थिए । महाधिवेशनबाट लायन्स वर्ष २०२५/२०२६ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ । महाधिवेशनमा काठमाडौं, नवलपरासी, पाल्पा, कपिलबस्तु, रूपन्देही देखि सबै लायन्स र लियो क्लबहरूबाट गरी १ हजार बढी सहभागी हुने रहेको डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी