ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

नेपालगञ्ज, २३ चैत
आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा हुने लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको टि–सर्ट सार्वजनिक गरिएको छ । लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले शनिवार एक समारोहकाबीच टि–सर्ट सार्वजनिक गरेकाहुन् । महिला खेलाडीलाई प्रोत्साहन गर्नकोलागि आयोजना हुन गईरहेको प्रतियोगितालाई सबैले आत्मसात गरेर सफल बनाउनुपर्ने मन्त्री अग्रवालले जोड दिए । उनले भने ‘खेलकुदको क्षेत्रमा तीनै तहको सरकारको नजर अलि कम परेको महसुस गरेको छु तर, लुम्विनी प्रदेशबाट त्यस्तो हुँदैन ।’ नेपालगञ्जलाई चिनाउने खालका प्रदेश तथा राष्ट्रिय स्तरको धेरै प्रतियोगिता आयोजना हुँदै आएपनि सरकार पक्षबाट चासो नदेखाएको आरोप लाग्ने गरेको तर, आफू मन्त्री भएको ६ महिना वितिसक्दा पनि सहयोगकोलागि कसैको प्रस्ताव नआएको उनले बताए । ‘यो प्रतियोगिता सफल पार्न लुम्विनी प्रदेश सरकारको सहभागिता अवश्य रहनेछ ।’ उनले भने — ‘हाम्रो प्रदेशमा खेलकुद मन्त्रालय मुख्य मन्त्रीले नै हेरीरहनुभएको छ, प्रस्ताव लिएर आउनुस उहाँले अवश्य पनि यसलाई सकारात्मक लिनुहुनेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले लामो समयको अन्तरालपछि बाँके जिल्लाले महिला फुटबल खेलाडी उत्पादन गरिरहेको बताए । नेरी थापा, पूजा राना, कृष्णा खत्री निर्मला उपाध्याय जस्ता महिला फुटबल खेलाडी यहि क्षेत्रबाट जन्माएको स्मरण गराउँदै उनले भने –‘महिला फूटवल खेलाडी उत्पादनमा धेरै गयापिङ भयो, अव यसलाई निरन्तरता दिनेछौ ।’ दोस्रो लुम्विनी कपमा अझ राम्रो फुटवल टीम यसै क्षेत्रबाट बनाउने उनले बताए ।

पश्चिम नेपालमा महिला फुटबलको विकासमा प्रतियोगिता महत्त्वपूर्ण साबित हुने आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाह बताए । प्रतियोगिता आयोजना हुनलागेको जानकारी पाएपछि देशभरबाट थुप्रै महिला फुटबल टीमले सहभागिताकोलागि सम्पर्कमा आएको तर, आठ वटा टीमलाई मात्र सहभागिता गराउने पहिले नै निश्चित भईसकेको उनले जानकारी दिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा निर्माण गरिएका संरचना जिर्ण भईसकेकाले मर्मत सम्भारकालागि प्रमुख शाहले मन्त्री अग्रवालको ध्यानाकर्षण गराए । शैचालय र पानीको ब्यवस्था तत्काल गर्नुपर्ने अवस्था रहेको उनले औंल्याए । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ देखि १५ गते सम्म हुने प्रतियोगितामा बाँके सहित राष्ट्रिय महिला फुटबल टीम र भारतिय महिला फुटबल टीम गरी ८ वटा टीमको सहभागिता रहने आयोजकले बनाएको छ ।

प्रतियोगिताको मिडिया संयोजक निरज गौतमले सहजीकरण गरेको टि–सर्ट सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नविन गिरी, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख महेश चन्द, नेपालगञ्ज उपमहानगरपालिकाका निबर्तमान उप प्रमुख उमा थापा मगरले प्रतियिगतालाई सबैले अवन्त्व लिए अवश्य सफल हुने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?