© २०२३
अर्घाखाँची,२४ चैत्र ।
अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् ।मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ बजेर ५५ मा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक मरासिनीले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी