© २०२३
बुटवल, २३ माघ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले पाल्पा -५ , रैनादेविस्थित कुवारी आधारभुत विद्यालयमा छात्रामैत्री शौचालय निमार्ण गरि हस्तान्तरण गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जीवन अर्यालले शौचालयको औपचारिक उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई रोटरीबाट राम्रो सहयोग हुदै आएको बताए । विद्यालयको आवश्यकतालाई मध्येनजर गरि आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए । प्रदेश योजना आयोगबाट समेत पहल गर्न सुझाव दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले शिक्षा, स्वस्थ्य, सरसफाई र महिला शसक्तिकरणको क्षेत्रमा क्लबबाट वर्षेनी महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको बताए । यसैक्रममा पाल्पाको सो विद्यालयको माग अनुसार छात्रा शौचालन परियोजना रोटरी डिष्ट्रिक फण्डबाट २ लाख, डाउनटाउनबाट १ लाख तथा विद्यालयबाट १ लाख रुपैया गरि कुल ४ लाख रुपैया लागतमा निमार्ण भएको बताए ।
कार्यक्रममा प्रेसिडेन्ट काउन्सिल चेयर रबिलाल पोखरेल, क्लबका अध्यक्ष शिव ज्ञवाली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर पटाला, शिक्षक अभिभावक समितिका अध्यक्ष राम बहादुर कुँवर, निमार्ण समिति अध्यक्ष थान बहादुर बिक, सदस्यहरु तुला कुवर, बाल कुमारी बलाल, जितमान बलाल, रेम बहादुर बलालले आगामी दिनहरुमा पनि यसरी नै सहकार्य गर्ने बताए । विद्यालयमा १४२ जना विद्यार्थीहरु अध्ययरत छन ।