ट्रेंडिंग:

>> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

तम्घास–रिडी सडक महिनादिन बन्द

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

गुल्मी, २४ चैत ।
मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधिन गुल्मीको तम्घास–रिडी सडक एक महिनाको लागि बन्द हुने भएको छ । उक्त सडकमा रुरुक्षेत्र गाउँपालिका अन्तर्गत ठुलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने र ग्रेट मिलाउने कार्यका लागि एक महिनासम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख ईन्जीनियर रमेश चौधरीले जानकारी दिएका छन् ।

सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भए अनुसार चैत २३ देखि बैसाख २२ गतेसम्म सवारी साधनहरू पुर्ण रूपमा बन्द गरिने ईन्जीनियर चौधरीले बताए । उनले तम्घास–रिडी सडक बन्द भए पनि सवारी साधनहरूलाई बैकल्पीक सडकको प्रयोग गर्ने व्यवस्था मिलाईएको बताए । वैकल्पिक सडकहरूमा रुरुक्षेत्रको पानीटंकी थोर्गा, स्यालपोखरी, स्याल बिसौनादेखि रातामाटा सडक हुँदै रिडी, छत्रकोटको पिपलनेटा दिगामहुँदै रिडी, लुम्छा धरमपानी दिगामहुँदै रिडी र गुल्मीदरबारको घुम्टी चारपाला खज्र्याङ्हुँदै रिडी सडक रहेका छन् ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले रुरुक्षेत्र गाउँपालिका लगायत सर्वसाधरणमा सार्वजनिक रूपमा सूचना समेत जारी गरेको छ । सडक सुचारु गरी काम गर्दा यात्रु र सवारी साधनहरूमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार एक महिनाका लागि वैकल्पिक सडकको प्रयोग गर्ने गरि उक्त सडक पूर्ण रूपमा बन्द हुने भएको कार्यालय प्रमुख चौधरीले जानकारी गराएका हुन ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय पालीकाहरूलाई समेत आग्रह गरेको जनाएको छ । त्यसैगरी सडक पुर्वाधार विकास कार्यालय गुल्मीले पनि सडक स्तरोन्नती कार्यका लागि गुल्मीदरबार गाउँपालिका –२ अन्तरगत झिरबासदेखि काभ्रे पोखरीसम्मको सडक खण्ड दुइ साताका लागि पूर्ण रूपमा बन्द गरेको छ । उक्त सडक अन्तरगत झिरबास क्षेत्रमा आरसिसि ढलान गरी सडक स्तरोन्नती गर्ने काम शुरु भएपछि यात्रुहरूलाई बैकल्पीक सडकको व्यवस्था मिलाएको छ । बैकल्पीक सडकहरूमा जुभुङ्–सिस्ने–भट्टेचौरदेखि बिरवास सडक र मजुवा–बलिथुम–झिरबास सडक रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?