© २०२३
नवलपरासी, २४ चैत ।
खुल्ला सिमा क्षेत्रमा तस्करी बढ्दै गएपछि अहिले फेरी प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । पहिलाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा भएर नयाँ प्रजिअ आएको मौका छोपी तस्करहरू भन्सार छल्दै तस्करमिा लाग्दा फागुन महिनामा महेशपुर भन्सारको लक्ष्य घटे पछि प्रहरीले तस्करी नियन्त्रणमा पुनः सक्रियता देखाएको हो ।
गत माघमा तत्कालिन प्रजिअ स्किम श्रेष्ठले तस्करीमा कडाई गरेकी थिईन । सो महिनामा महेशपुर भन्सारले माघ महिनामा मासिक लक्ष्य भन्दा बढि १सय ९४ प्रतिसत राजस्व बढेको थियो । तर सोही महिना पछि पुरा अवधी नपुग्दै प्रजिअ श्रेष्ठको ९ महिना मै तस्करहरूकै दवावमा सरुवा भएपछि नयाँ प्रजिअ हिरालाल रेग्मी आएका छन् । सोही मौकामा तस्करहरूले तस्करी गर्न पाउँदा त्यसको असर भन्सारको राजस्व संकलनमा देखिएको छ ।
भन्सारको राजस्व संकलन मासिक प्रतिवेदन अनुसार अहिले राजस्व संकलन घटेर फागुन महिनाको राजस्व लक्ष्यको ९३ प्रतिसत मात्र देखिएको छ । यसले सिमा क्षेत्रमा तस्करीले स्थान भएको त्यसै अनुमान गर्न सकिन्छ । भन्सारको तथ्याँक अनुसार माघ महिनामा कुल राजस्व २ करोड ३६ लाख ९ हजार ३ सय ७२ रुपियाँ उठेको थियो । फागुन महिनामा सो राजस्व घटेर १ करोड २४ लाख ७७ हजार ७३ मात्र संकलन भएको देखिएको छ ।
राजस्व घटेको र तस्करी बढेको आलोचना हुन थाले पछि अहिले प्रहरी तस्करी रोक्न पुनः सक्रिय भएको छ । जिल्लाको सीमा नाकाबाट हुने शंकास्पद र अवैध कारोबार रोक्नमा प्रहरी सक्रिय भएको जनाएको छ । पछिल्लो समय नवलपरासीका सीमा नाकाबाट दुवै देशतर्फ विभिन्न सामानको अवैध कारोबार हुँदै आएको भन्दै आलोचना हुन थालेको थियो । सीमा नाका हुँदै नेपालबाट भारततर्फ चाइनिज स्याउ, मकै, चाइनिज लाइटर लगायतका सामान जाने गरेको छ । भारतबाट मोबाइल, चिनी, त्ताकपडा, हार्डवेयरका सामान, बोइलर कुखुरा र चल्ला नवलपरासी भित्रिने गरेको छ ।
प्रहरीले सक्रियता बढाएपछि चैत २२ गते शुक्रबार मात्रै सदरमुकाम परासीको वाइपास रोडबाट प्रहरीले १६ लाख बराबरको चाइनिज स्याउ बरामद गरेको थियो । उक्त स्याउ विराटनगरबाट भूजहवा लैजानका लागि भिसिटिएस (एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्नुपूर्व केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरे पछि गरिने सामानको ढुवानी प्रमाण ) बनाएर ल्याइएको थियो । तर भुजहवाबाट सिमाक्षेत्रमा कडाई हुदा भारत पु¥याउन नसकेर सुनवलमा रहेको चिस्यान केन्द्रमा भण्डारण गर्न लग्ने क्रममा प्रहरीले उक्त स्याउ बरामद गरि राजस्व अनुसंधान कार्यालय बुटवल पठाएको थियो । भूजहवाबाट उल्टै फर्काएर परासीतर्फ ल्याए पछि शंका लागेर चेकजाँच गर्ने क्रममा १६ लाख २० हजार बराबरको ९ सय कार्टुन स्याउ बरामद भएको प्रहरीले जनाएको थियो । ‘बिल बिजकमा उल्लेख गरेको स्थानतर्फ नगई शंकास्पद रूपमा अन्यन्त्र जान लागेकाले स्याउ र ट्रकसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको थियो ।
भारततर्फ तस्करी गर्ने उद्देश्यले उक्त स्याउ ल्याएको बताइएको छ । प्रहरीले बरामद गरी पठाएको उक्त स्याउलाई भीसीटीएस अन्तर्गत ५० हजार जरिवाना गरेर राजस्व अनुसंधान कार्यालय बुटवलले छाडि दिएको थियो । सिमा कडाईले ति स्याउ व्यापारीले ५० हजार राजस्व बुझाउन परेको थियो । त्यसबारे लाखौ रुपिया खाजस्व पनि बुझाउन परेको थियो । विराटनगर जल्डा रोडस्थित युनिफाई ट्रिजम फर्मको नाउँबाट नवलपरासीको सरावल गाउँपालिका भूजहवामा रहेको थ्रि ब्रदर्श सप्लायर्सका सोनु यादवको नाउँमा भीसीटीएस जारी गरेर स्याउ पठाइएको थियो । भुजहवा भन्सार नाका हो, एक स्थानियले भने,यहाँ स्याउको ट्रक नै खपत हुने गरि बजार छैन् । शित भण्डार गर्न आवश्यक भएको भए सिमा क्षेत्रमा नभई सदरमुकाम नजिकै रहेको चिस्यान केन्द्रमा लैजानुपर्ने थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी