ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

कपिलवस्तु, ०६असोज ।
कपिलवस्तुको राजा शुद्धोधनको राजप्रसाद बुद्धस्थल तिलौराकोट देखि बुद्ध जन्मस्थल लुम्बिनी सम्म बोधीबृक्ष कोरिडोर निर्माण पैदल पदयात्रा थालिएको छ । पीपल, नीम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राबिधिक समाज जनकुपुरधामको संयुक्त आयोजना तथा तिलौराकोट साझेदारी वन उपभोक्ता समुहको संयोजनमा यात्रा थालिएको हो । बोधिबृक्ष कोरिडोर निर्माण सहयात्रा नाम दिईको सो यात्रामा नेपाल वन प्राबिधिक संघले समेत समन्वयकारी भुमिका खेलेको छ । अध्यात्मिक र धार्मिक महत्व संगसंगै मानव स्वास्थ्यका लागि बहुपयोगी पीपल, नीम र तुलसीको फाईदाबारे सचेतना गर्दै रुख रोप्दै शनिबार पैदल पदयात्रा सुरु गरिएको जनार्ईको छ । यो यात्रा दुई दिनमा तिलौराकोट देखी २८ किलोमिटर पदयात्रा गर्दै लुम्बिनी पुगेर सकिने छ । पदयात्राका क्रममा बाटोमा पर्ने विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संस्था र कार्यालय परिसर र हातामा पीपल, नीम र तुलसीका रुख रोप्दै पदयात्रा अघि बढने छ । पहिलो दिन पदयात्रा कपिलवस्तुको पकडीमा बास बस्ने छ । पीपल, नीम तुलसी अभियान पटना भारतका डा. धमेन्द्रकुमारको नेतृत्वमा रहेको पदयत्रामा भारतका बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, हरियाणा, उडिसा र हिमान्चल प्रदेशका १५ जना सहभागी छन् ।

पहिलो चरणमा भारतको बोधगया देखी राजगिर सम्म पिपल सहितका बृक्ष रोपिएको यो दोस्रो चरणको कार्यक्रम भएको जनकपुरधाम वन प्राविधिक समाजका महासचिव शुरेस शर्माले जानकारी दिए । शान्ति प्राप्तीमा बृक्षको भुमिका पुष्ट्याइँ गर्न यात्रा शुरु गरिएको शर्माले जानकारी दिए । कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कपिलवस्तु संग्रहालयमा पिपलको रुख रोपेर गरेका थिए । पीपलको महत्व धार्मिक दृष्टिले मात्रै नभएर ज्योतिष, आयुर्वेद एवं वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । त्यस्तै आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो । नीमको रुखका हरेक भाग औषधिका रूपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ । यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ । त्यस्तै तुलसीको पनि धार्मिक अनि सास्कृतिक मात्र नभई स्वास्थका दृष्टिलेपनि उपयोगी मानिन्छ । बुद्धले बृक्ष मुनी नै ज्ञानको खोजी गर्नुका साथै शान्ति र आनन्द पाएकाले अध्यात्ममा बृक्षको भुमिका महत्वपूर्ण रहेको नेपाल वन प्राबिधिक संघका केन्द्रिय अध्यक्ष राकेश कुमार कर्णले बताए । अधात्ममा बृक्षको भुमिका दर्शाउन तथा बृक्षारोपणको महत्व बृद्धि गर्न बोधिबृक्ष कोरिडोर निर्माण सहयात्रामा समन्वयकारी भुमिका खेलेको तिलौराकोट साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए । पदयात्राको कार्यक्रममा पुर्वमन्त्री तथा भारतकना लागी पुर्व नेपाली राजदुत दिप कुमार उपाध्याय, पुर्वमन्त्री दान बहादुर चौधरी, प्रदेशसभा सदस्य सुधाकर पाण्डेय लगायतको सहभागीता रहेको थियो । अन्तरराष्ट्रिस्तरमा भारतले कपिलवस्तु भारतमा रहेको बिभिन्न दावी गर्दै गरेका बेला भारतिय पर्यावरणबिदको सहभागितामा राजा शुद्धोधनको राजधानी तिलौराकोट देखी बुद्ध जन्मस्थल लुम्बिनी सम्म गर्न थालिएको बोधिबृक्ष कोरिडोर निर्माण सहयात्रा महत्वपुर्ण हुने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?