ट्रेंडिंग:

>> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ

बैदेशिक रोजगारीलाई सुरक्षित बनाउ

२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू जोखिममा काम गरिरहेको पछिल्लो तथ्याँकले सार्वजनिक गरेको छ । खासगरि खाडी मुलुकमा गएका नेपाली युवा तथा युवतीहरू विभिन्न दुर्घटनामा पर्ने र मृत्युबरण गर्न बाध्य भैरहेको सार्वजनिक भएको छ । नेपाल सरकार अध्यागमन विभागका अनुसार दैनिक २५ देखि ३५ जना नेपाली युवाहरू बन्द बाकसमा स्वदेश फर्किरहेका छन । अर्थात विदेशमै उनीहरूको मृत्यु हुने गरेको छ । यो गंभीर बिषयमा सरकारको ध्यान अझैसम्म गएको छैन । बिदेशमा किन नेपालीहरू असुरक्षित भैरहेका छन ? खोजी र छानविनको बिषय छ । नेपालमा कोभिड पछाडि रोजगारीको अवसर गुम्दै गएको सर्वविदित छ । त्यो क्रम अहिलेपनि जारी छ । युवाहरू कामको खोजीमा विदेशिनेहरूको संख्या बढेको छ । युवा जति सवै विदेश पलायन भएपछि नेपालमा बस्ने बालबालिका र बुढाबुढी मात्रै हुने हो कि भन्ने चिन्ताजनक अवस्थाको संकेत देखिने अवस्था छ । त्यसो त नेपालमा माओवादीको सशस्त्र युद्ध चर्किएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो । गत वर्ष ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । नेपालमा कामको सम्मान नहुँदा पनि युवाहरू कामको खोजीमा विदेशिने क्रम बढेको बिश्लेषण गरिदैछ । वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुकहरू गइरहेका छन् । पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ । नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् तर आन्तरिक श्रम बजारमा सबैले रोजगारी पाउने अवस्था छैन । बैदेशकि रोजगारी असुरक्षित बनेको अवस्थामा चुनौति थपिएको छ । तर, यस बिषयमा छानवीन गर्ने, नेपाली असुरक्षित भैरहेको कारणको खोजी गर्नेतर्फ ध्यान नपुग्नु चिन्ताको कुरा हो । क्षति जति नै भएपछि नेपाली युवाहरूको आकर्षण बैदेशिक रोजगारी नै हो ।

तसर्थ अव वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सार्नु जरुरी छ । खासगरी युवालाई श्रमसंग जोड्न सकेमात्र देश विकास हुन्छ भन्ने आम मान्यता छ तर त्यो मान्यता स्थापित गर्न गरिनुपर्ने कामको विषयमा भने सम्वन्धित निकाय बेखबर हुने गरेको छ । युवालाई देशको मेरुदण्ड, खम्बा तथा कर्णधार आदि विभिन्न नामले सम्बोधन गरिन्छ तर मुलुक हाँक्ने जिम्मेवार दल र निकायले भने युवालाई आफ्नो विभिन्न सङ्गठन दस्तामा प्रयोग गर्दै आएका छन्, जसका कारण उनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दलहरूको गोटी वनेर समय बर्बाद गरिरहेका छन । युवाशक्तिलाई राष्ट्र निर्माणका कार्यमा लगाउनु पर्नेमा गलतरूपमा प्रयोग गरिँदै आएको छ । बैदेशिक रोजगारीका लागि अहिले भैरहेको युवा पलायन रोक्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । तर, सरकारका लागि बैदेशिक रोजगारीको पलायन रोक्ने कुरा त्यति सहज छैन । पहिले युवालाई यहीँ नेपालमै रोजगारीको अवसर दिएपछि मात्रै बैदेशिक रोजगारी नियन्त्रण हुन सक्छ । त्यसका लागि नेपालको आर्थिक अवस्था सुदृढ हुनु जरुरी छ । बैदेशिक रोजगारीको बिकल्प तत्काल हुन सक्दैन भने बैदेशिक रोजगारीलाई सुरक्षित वनाउनेतर्फ पहल जरुरी छ । उज्यालो जीवनको उमंगसाथ विदेश उडेका नेपालीहरू बन्द बाकसमा कैद भएर फर्किनुपर्ने कहालीलाग्दो अत्यासको अवस्था अन्त्यका लागि पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?