ट्रेंडिंग:

>> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ

जनताको अपेक्षा सम्बोधन गर

१० असार २०८१, सोमबार
१० असार २०८१, सोमबार

रूपन्देहीका पालिकाहरूमा अहिले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने लहर चलेको छ । कतिले त नीति तथा कार्यक्रमसंगै बजेटपनि सार्वजनिक गरेर पारित समेत गरिसकेका छन् । तर, यो बर्ष पनि पालिकाहरूको नीति तथा कार्यक्रमले जनताको मन छुन सकेको देखिएन । उही पुरानै योजना र कार्यक्रमलाई नयाँ स्वरूप दिने काम भएको छ । कपि पेष्ट गर्दा भाषा सम्पादन र केही नयाँ योजना थपेर नीति तथा कार्यक्रम बनाउने र सोही अनुसार थपघट गरि बजेट प्रस्तुत गर्ने काम भैरहेको छ । पालिकाहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै योजना र कार्यक्रमको निरन्तरता हो भन्दा अत्युक्ति हुँदैन । बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा केही बुँदा नयाँ थपेर आकर्षक बनाउने प्रयत्न गरेको छ । बुटवलमा अर्को बर्ष बुटवल भ्रमण बर्ष घोषणा गरिने भएको छ । यो नयाँ कार्यक्रम हो । पछि यो कार्यक्रमको समीक्षा होला तर यसले नयाँपन दिने प्रयास गरेको छ । फेरीपनि पालिकाहरू शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन, सीप विकास र तालिमकै वरिपरी घुम्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन । पालिकाहरूले जनताको आशा र अपेक्षा अनुरूपको नीति तथा कार्यक्रम ल्याएको दावी गरिरहेका छन तर सारमा कार्यक्रमले जनताको विश्वास जित्न सक्यो कि सकेन भन्ने कुरा महत्वपूर्ण छ । सवै पालिकाको एकै प्रकृतिको नीति तथा कार्यक्रम छ । नीति तथा कार्यक्रम नाराले भरिएका छन । पछि त्यसको समीक्षा गरेको कतै सुनिदैन् । पालिकाहरू आफ्नो नीति तथा कार्यक्रमको समीक्षाबाट चुकिरहेका छन । सार्वजनिक सुनुवाईका नाममा बर्षमा एक दुईपटक गरिने कार्यक्रमले जनताको वास्तविक विचार अभिब्यक्त गर्न सक्दैन । धेरैले अहिलेको नीति तथा कार्यक्रमलाई विगतकै नीति तथा कार्यक्रमको संज्ञा दिएका छन । यद्यपि कुनै कुनै पालिकाका नीति र कार्यक्रम तथा बजेट राम्रो छ । किसानलाई कृषि र उत्पादनमा जोड दिएकोले बजेट कृषि र कृषकमुखी छ । बुटवलको आईतवार प्रस्तुत बजेटले धेरै क्षेत्रलाई समेटने प्रयास गरेको छ । यद्यपि धेरै क्षेत्र समेटनु पर्दा सारमा कनिका छरेको अनुभूति बजेटले गरेको छ ।

सवै क्षेत्रलाई समेटेर बजेट आउन आफैमा स्वागतयोग्य कुरा हो । अर्कोतर्फ चालू आर्थिक वर्षको चालू खर्च, विकास बजेट र पुँजीगत खर्चको अवस्था पालिकाहरूको पनि उस्तै छ । पालिकाहरूले पनि चालू खर्च बढी गर्ने र पुँजीगत खर्चमा कमजोर हुने हो भने संघीय सरकारकै नियति दोहोरिनेछ । पालिकाहरूको नीति तथा कार्यक्रम अनुसारको बजेट आउन नसकेको गुनासो बढ्दै गएको छ । नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर भएको गुनासो छ । यद्यपि जनप्रतिनिधिहरूमा केही गर्ने हुटहुटी छ । नीति तथा कार्यक्रम अनुसारको बजेट कार्यान्वयन गर्ने दिशामा अग्रसरता कम भएको हो कि भन्ने गुनासो आउनु स्वाभाविक छ । अब पालिकाहरूको ध्यान जनतालाई सुविधा दिनेतर्फ जाओस् । अहिले धेरै पालिकाहरूले कर कसरी बढाउने र बढीभन्दा बढी जनतालाई कसरी करको दायरामा ल्याउने आदिजस्ता कुरालाई प्राथमिकता दिएका छन् । पछिल्लोसमय जनताको विकासको कुरा भन्दा पनि कर उठाउने चिन्ता जनप्रतिनिधिहरूलाई धेरै देखिएको छ । जनतालाई करको भारमा डुबाएर बजेटको आकार बढाएको गर्ब गर्नु ब्यर्थ छ । जनता सामु गरेको बाचा र प्रतिवद्धता अनुरूपको नीति तथा कार्यक्रम र बजेटको अपेक्षा जनताले गरेका छन । त्यसतर्फ ध्यान दिने बेला भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%