ट्रेंडिंग:

>> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो

बचतकर्ताको निक्षेप फिर्ताको पहल गर

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

आज राष्ट्रिय सहकारी दिवस । सहकारी दिवस मनाउँदै गर्दा सहकारी सर्वसाधारण बचतकर्ताको रकम ठगी गर्ने माध्यम बन्दै गएकोमा चिन्ता लाग्नु स्वाभाविक छ । निश्चितरूपमा सहकारीमा सर्वसाधारणले आफ्नो अथक मेहनत र परिश्रमबाट आर्जन गरेको पैसा जम्मा गर्ने गर्दछन । भोली कुनैपनि अवस्थामा काम लाग्छ भन्ने मान्यता र विश्वासका साथ सहकारीमा पैसा जम्मा गर्ने अभियान नै सुरु भएको छ तर पछिल्लोसमय यही सहकारीमार्फत सर्वसाधारणको बचत रकम ठगेर कुलेलम हुने प्रवृत्ति पनि बढ्दैछ । यद्यपि सहकारी संस्थालाई दिगो बनाउने अर्को महत्वपूर्ण आधार भनेको यसका संचालकहरू हुन् । तर संचालकहरू नै मतिभ्रष्ट भएपछि केही लाग्दो रहेनछ । अहिले सहकारीबाट पीडित भएकाहरूको उठिबास भएको छ । जीवनभर सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरू सहकारी संचालकहरू नै फरार हुन थालेपछि बिचल्लीको अवस्था उत्पन्न भएको छ । आज सहकारी दिवस पनि हो । आजकै दिन अव सहकारीलाई कसरी सञ्चालन गर्ने, सहकारीलाई नियमन कसरी गर्ने, कसरी बचतकर्ताको रकम सुरक्षित गर्ने भन्ने बिषयमा गहन बिमर्श जरुरी छ । सहकारी सदस्यहरूको हित र दिगो सहकारी निर्माणका लागि भिजन तयार गर्ने, योजना तथा नीतिहरू निर्माण गर्ने र यसको कार्यान्वयनका लागि कर्मचारी परिचालन मार्फत सहकारीको प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी बोध जरुरी छ । सदस्यहरू सहकारीका मेरुदण्ड हुन् । यो विषय सहकारीका सदस्य र यसका नेतृत्व कर्ताले बुझ्न र बुझाउन जरुरी छ । ऋण लिन सदस्य बन्ने, नाफाको लागि सदस्यता लिने वा बढी ब्याज पाउने लोभमा सदस्य बन्ने प्रवृत्तिले सहकारीहरूमा समस्या देखिएको छ । सदस्यलाई ग्राहकको रूपमा व्यवहार गर्ने, वार्षिक साधारण सभामा सहभागी नगराउने जस्ता रोग कतिपय संस्थामा देखिन्छ । तसर्थ सदस्यहरूलाई विभिन्न तालिम मार्फत क्रियाशिल गराउने, नियमित बचतमा सहभागी गराउने, सदस्य सहभागितामा नीति निर्माण गर्ने, ऋण सदुपयोगिता र यसको जोखिमको बारेमा परामर्श सेवा दिने र सदस्यको हरेक सुख दुःखमा सहकारीले साथ दिने, सदस्य ग्राहक होईन मालिक हो भन्ने वातावरण सिर्जन गर्ने र सदस्यले पनि आफ्नो भूमिका र कर्तव्य पालना गर्ने हो सहकारी कहिल्यै पनि समस्यामा पर्दैन । सक्रिय सदस्य नै दिगो सहकारीको आधारस्तभ्म हो । यसतर्फ अवका दिनमा हरेक सहकारीका सञ्चालकको ध्यान जानैपर्दछ ।

सहकारी संस्थाको उद्देश्य हासिल गर्न आवश्यक कर्मचारीहरूको व्यवस्थापन र परिचालन यसको अर्को महत्वपूर्ण पक्ष हो । आवश्यकता भन्दा बढी कर्मचारी, आम्दानी भन्दा बढी खर्च गर्ने, क्षमता भन्दा बढी अधिकार प्रत्यायोजन र कर्मचारीको बोझ मिलाउन सकिएन भने संस्था अधोगति तर्फ जाने खतरा हुन्छ । तसर्थ अवको दिनमा सहकारी चलाउन सवैभन्दा ठूलो भूमिका कर्मचारीहरूको हुने भएकोले उनीहरूलाई पनि समय समयमा तालिम लगायतका कार्यक्रममा सहभागी बनाएर जिम्मेवार बनाउनु आवश्यक छ । अर्कोतर्फ सुशासन सहकारी सञ्चालनको एउटा अपरिहार्य शर्त हो । सञ्चालक समितिले प्रचलित ऐन कानूनको अधिनमा रहेर संस्थाको दैनिक प्रशासन सञ्चालनको लागि न्यूनतम नीति तथा कार्यविधि निर्माण गरिएको हुन्छ । त्यही कार्यविधिलाई आधार मानेर सहकारी सञ्चालन गर्नुपर्दछ । जिम्मेवारीपन, पारदर्शिता, जवाफदेहिता, कर्तव्यपालनको विषयमा चुकेकै कारण धेरै संस्थाहरू धरापमा परेका छन् । नीति भन्दा नेता प्रधान गतिविधीले वित्तीय अपराध मौलाउनुका साथै वित्तीय अनुशासन उल्लंघन भएको थुप्रै घटनाहरू नेपाली सहकारी अभियानमा व्याप्त छन् । तसर्थ यस्ता गतिविधिले सहकारीलाई दिगोपन होईन, क्षणभरमै खरानीको बाटोमा पु¥याउँछ । तसर्थ सहकारी एउटा निर्दिष्ट नीतिमा कायम हुनुपर्दछ । सहकारी दिवस मनाउँदै गर्दा यी सवै नीति, जिम्मेवारी, दायित्व निर्वाह गर्न सकियो भने सहकारीलाई आर्थिक बिकासको खम्बा बनाउन सकिन्छ । अतः अव सहकारीमा नियमन जरुरी छ । संघीय र प्रदेश सरकारले अव सहकारीलाई एउटा निश्चित सिमाभित्र बाँध्ने काम गर्नु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?