ट्रेंडिंग:

>> कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु >> माइतीघर मण्डलामा कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध >> लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार >> जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछानेनै हो- डिपी अर्याल >> अस्ट्रेलियाविरुद्ध पाकिस्तानको ऐतिहासिक जित, २२ बर्षपछि जित्यो सिरिज >> चीन र अमेरिकाको राजदुत नियुक्त >> कोशीका पुर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइदै >> सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति >> करिब एक सय किलोग्राम गाँजासहित एक जना पक्राउ >> लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा >> तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली >> छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक >> लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई >> मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ >> सबै ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास >> भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै >> ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती >> इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो >> पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान >> महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइदै >> रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै >> पूर्ण बहादुरको सारङ्गीले बनायो नयाँ किर्तिमान एकै दिन पायो ४६५ भन्दा बढी शो >> सरकारः उपनिर्वाचन भयरहित बनाऊ >> तिललाई पहाड बनाउने काम नगरौं >> शैक्षिक प्रणालीमा परिवर्तन भएन: मन्त्री तिमिल्सिना >> बन्ला त बुटवलमा फर्निचर ग्राम ? >> कक्षा ११ र १२ अनुत्तीर्ण १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने >> ‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’ >> यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्ड खेल्दै >> पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना >> तराईको प्रचण्ड गर्मीमा स्याउ खेती >> एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ? >> क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली >> रोटरी क्लव अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन >> नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा >> सहकारी वा मानव तस्करीमा संलग्न प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्छ- महामन्त्री थापा >> नेपाल युएईसँग पराजित >> गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ >> पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा >> गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : १७१ यात्रु ल्याएको जजिराले १६८ जना लिएर उड्यो >> गौतम बुद्ध विमानस्थल आइपुग्यो जजिराको विमान >> एमाले केन्द्रीय सल्लाहकार पोखरेलको निधन >> समयः एक अमूल्य सम्पत्ति >> ८७ जनामा डेङ्गुको सङ्क्रमण >> वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा >> कोलनगरमा बर्मी भिक्षुको चासो >> कलाका त्रिवेणी बेन

देवदह नगरपालिका घुम्ती सेवा : एक अनुभव अनेकौ अनुभूति

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

विषय प्रवेश :

सेवा प्रवाहलाई वडा कार्यालय र नगरपालिकामा सीमित नगरी सबै वडा कार्यालयहरुमा घुम्ती सेवा मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका लागि घुम्ती सेवा कार्यक्रमको सुरुवात गरिएको हो । कार्यालयबाट तुलनात्मक रुपमा टाढा रहेका समुदाय वा सेवाग्राही, कुनै कारणले सार्वजनिक सेवा प्राप्त गर्न कठिनाई भोगिरहेका सेवाग्राही, तुलनात्मक रुपमा पिछडिएका क्षेत्रको वर्गका सेवाग्राही । घुम्ती सेवा सामूहिक वा अलगअलग रुपमा सञ्चालन गर्ने गरी संयोजन गर्नु पर्नेछ । बमोजिम घुम्ती सेवा सञ्चालन गर्नुअघि त्यस्तो सेवा प्राप्त गर्ने लक्षित वर्गलाई जानकारी हुने गरी सूचना सम्प्रेषण गर्नुपर्ने । घुम्ती सेवा सञ्चालन सम्बन्धी प्रतिवेदन त्यस्तो सेवा सञ्चालन गरी कार्यालयमा फर्केको मितिले सात दिनभित्र तयार पार्नुपर्ने हुन्छ ।

घुम्ती सेवाको पूर्व तयार ःघुम्ती शिविरको मोडालिटी तय गर्नको लागि श्री काशिनाथ बन्जाडेको संयोजकत्वमा इन्दिरा भुषाल, प्रविन गौडेल, सुस्मिता गौतम सदस्य रहेको कार्यदल बनाइएको थियो । सो समितिलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (संशोधन सहित)को ५.३.५अनुसार नगरपालिकाको सेवा प्रवाहमा घुम्ती सेवाको प्रयोग गर्नु पर्ने प्रावधान रहेको हुँदा २०८०।१०।२५ गते भित्र घुम्ती सेवामा दिइने सेवा र मोडालिटी तय गरी पेश गर्नुहुन मिति २०८०।१०।२२ गतेको निर्णयानुसार जिम्मेवारी दिइएको थियो । सूचनाको तयारको जिम्मेवारी स्थानीय संचार माध्यमलाई दिइएको थियो भने नगर प्रहरीबाट सो सूचनाको लगातार दुईदिन सम्म प्रचार प्रसार गरिएको थियो ।

घुम्ती सेवाको नतिजा :

देवदह नगरपालिका रुपन्देहीद्वारा वडा नं. ११ को वडा कार्यालयलाई केन्द्र विन्दू बनाएर एक दिने एकीकृत घुम्ती सेवा सम्पन्न गरियो । सो घुम्ती सेवामा वडा नं १, २, ११ र १२ का स्थानीय नागरिकहरुलाई सेवा लिनको लागि आव्हान गरिएको थियो । उक्त घुम्ती सेवा नगर प्रमुख धुव्रप्रसाद खरेलले शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रमुख प्रशासकीय अधिकृतले प्रकाश पार्नु भएको थियो । घुम्ती सेवामा उपस्थित सेवाग्राहीहरुलाई उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले स्वागत गर्नुभएको थियो । ११ नं. का वडा अध्यक्ष दुधनाथ यादवले स्थानीय भाषामा सेवाग्राहीलाई प्रदान गरिने सेवाका विषयमा आवश्यक जानकारी प्रदान गर्दै धैयतापूर्क लाइनमा बसेर सेवा लिन सुझाउनु भएको थियो । नगर प्रमुख धुव्रप्रसाद खरेलले देवदह नगरपालिका भित्रका विभिन्न वडाहरुमा यस प्रकारका घुम्ती सेवा संचालन गरी नागरिकलाई घरदैलोमा सेवा पुर्याईने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले घुम्ती सेवामा खटिएका सबै जनप्रतिनिधि एवं कर्मचारीहरुको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझै सृजनशील भएर काम गर्न निर्देशन दिनु भएको थियो । सो घुम्ती सेवामा स्वास्थ्य तर्फ ४१२ (स्वास्थ्य सेवा –१७१, आंखा जाँच–५५, आर्युवेद –६१, आधारभूत ल्याव –१२५) कृषि सेवा ७२, पशु सेवा ९६, नक्सा पास परामर्श २५, रोजगार सेवा २५ गरी ६३० जनाले सेवा लिनु भएको थियो । देवदह नगरपालिकाले ११ शाखाद्वार प्रदान गरिने सेवालाई घुम्ती सेवामा समावेश गर्ने लक्ष्य लिएकोमा आज ९ वटा शाखाहरुबाट प्रदान गरिने सेवाहरुलाई मात्र संचालनमा ल्याइएको थियो । घुम्ती सेवाको टिम लिटर काशिनाथ बन्जाडले गर्नुभएको थियो । कार्यक्रममा खाना, खाजा, पानी, चिया, कुर्ची, स्टेशनरी कर्मचारी यातायात खर्च लगायतका शीर्षकमा करिब ९० हजार खर्च हुने अनुमान रहेको छ । खर्चको सबै विवरण प्राप्त भएपश्चात खर्च सार्वजनिक गरिने छ । देवदह नगरपालिका स्थापना भएपश्चात पहिलो पटक एकीकृत घुम्ती सेवा संचालन गरिएको हो । स्थानीय तहले आफूलाई व्यवस्थित बनाउँदै यसप्रकारका सेवाहरु नागरिकको घरदैलोमा पुगेर दिनुपर्ने माग स्थानीय सेवाग्राहीहरुको रहेको थियो । सेवा प्राप्त भएपश्चात सेवाग्राहीहरुले स्थानीय सरकारको खुलेर प्रशंसा गरेका थिए । घुम्ती सेवामा नगरपालिकाको समग्र सेवा प्रवाहको गुणस्तरको बारेमा प्रश्नावली तयार पारेर सेवाग्राहीहरु मार्फत सेवाको सन्तुष्टि मापन गरिएको थियो । नगरपालिकाले वेवसाइट मार्फत घुम्ती सेवाको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

निष्कर्ष :

स्थानीय तहहरुले विमानस्थल बनाउने नभई नागरिकलाई घरदैलोमा पुगेर आधारभूत सेवा वितरण गर्नुपर्दछ । सरकारी सेवा सरलीकरण गर्नका लागि ठोस पहल गर्नु पर्दछ । सेवा प्रवाहका आवश्यक प्रक्रियागत जालो र कर्मचारीको चिरचिराहवटयुक्त व्यवहारमा परिवर्तन गरिनु पर्दछ भन्ने अनुभूति घुम्ती शिविरले दिएको छ । देवदह नगरपालिकाले नगरभित्रको सबै बाटो कालोपत्रे गरेर सक्दैन तर सबै नागरिकको घर घरमा पुगेर सुगरर प्रेसर जाँच, ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्ग परिचय पत्र वितरण गर्न नागरिको स्वास्थ्य जाँच निशुल्क औषधी वितरण गर्न सक्छ । वडागत रुपमा योजनाहरुको सम्झौता गरदिने, सेवाग्राहीका गुनासा सुन्ने मनन गर्न सक्छ भन्ने भन्ने अनुभूति गरियो । घुम्ती शिविरको दृश्य साँच्चै नै भावुक थियो । किनकी सीमान्तकृत समुदायहरुको पहुँच अझै पनि स्थानीय सरकारमा पुगेको छैन । सथानीय सरकारको स्रोतमा पनि इलाइटहरुको पकडमा रहेको देखाउँछ । नागरिकलाई सेवा दिउँ उनीहरुको सेवामा समर्पण बनौ भन्ने भाव इच्छा शक्ति हुने हो भने सबै वडमा पुगेकर सेवा प्रवाह गर्न सकिन्छ । चिल्ला र मिठा कुरा बसेर मात्र अब नागरिकले पत्याउनेवाला छैनन् । नागरिकहरु बढी नै निराश रहेका छन् । नागरिकको निरासालाई तोड्नको लागि स्थानीय सरकारको बजेट वितरण प्रक्रिया, सोंच चिन्तन र कार्यशैली परिवर्तन गर्नु जरुरी छ । सबै भन्दा बढी जेष्ठ नागरिकहरु नै सेवा लिन आउनु भएको थियो । सेवाग्राहीको विद्यमान अवस्थाले नागरिकलाई के चाहिएको छ र हामीले के गरिराखेका छौ भन्ने प्रष्ट भएको छ । बजेट कहाँ कसरी विनियोजन गरिएको छ । यो सानो झलक मात्र हो । हाम्रो बजेट विनियोजन र बजेट वितरणले ती सिमान्तकृत नागरिकहरुलाई छुन सकेको छ वा छैन एकपटक चिन्तन गरौ । नागरिकका सानासाना कामहरु पनि हामीले सम्पादन गर्न नसकिरहेको अवस्थालाई घुम्ती शिविरले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?