ट्रेंडिंग:

>> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध

एच.पि.भी. खोप अभियान सबै मिलेर सफल पारौं

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रूपमा २०८१ माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन गर्न लागेको छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्यायन अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी निशुल्करूपमा राष्ट्रिय खोप अभियान संचालन हुँदैछ । महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोग बाट भबिष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सवैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भनिन्छ नि ‘रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस’ ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट संचालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिएको छ । त्यसैले एच.पि.भी.खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्मको महान अभियानमा सम्पूर्ण सरोकारवालाहरू सहभागी भई सफल बनाउनु हामी सबैको दायित्व र कर्तब्य हुनेछ ।

एच.पि.भी.एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्यगरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।

एच.पि.भी.खोपको महत्वः
खोप निशुल्क पाईन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समाबेश गरी किशोरीहरूलाई दिदैं आईरहेको छ । त्यसैले यसको प्रभावकारीता शत प्रतिसतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरू र बिद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मुख्यतः विद्यालय केन्द्रित खोपकेन्द्रबाट एच.पि.भी. खोप दिईदैंछ । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पु¥याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ ।

१) १० देखि १४ वर्ष उमेर भित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने ।
              २) ३० देखि ४९ वर्ष उमेरका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रिनिङ्ग) गर्ने ।
              ३) पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने ।

एच.पि.भी.खोप खभियान २०८१ देशैभरी एकैसाथ २०८१ माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन हुने भएकोले आ–आफ्नो पायक पर्ने टोलका बिद्यालयमा कहिले चल्दै छ भनेर स्वास्थ्यकर्मी, सामुदायीक महिला स्वास्थ्यस्वयंसेविका, विद्यालय नर्स, बिद्यालयका शिक्षक, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूलाई सोधेर जानकारी लिऔं । अभियानमा कोही नछुटौं । यो बर्ष कक्षा ६ देखि १० सम्मका छात्राहरू र बिधालय नजाने १० वर्षदेखि १४ बर्ष सम्मका किशोरीहरूलाई दिन लागिएको एच.पि.भी. खोप एक मात्रा लगाए पुग्दछ । किशोरीहरू महिनावारी भएको बेलापनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन । खोप लगाउदैंमा महिनावारी छिटो शुरु हुने वा ढिलो हुने केही हुदैन । त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं । कोही नदाहोरिऔं । यसरी नेपाल सरकारबाट अयिानको रूपमा निशुल्क बितरण गरिएका सबै महत्वपूर्ण खोपलाई प्रत्येक बालबालिकाका, अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ–आफ्ना बालिकाहरूलाई घातक रोगबाट बचाऔं ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?