© २०२३
काठमाडौं, १८ माघ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबादमा आधारित भएर संविधान संसोधन गर्नु पर्नेमा जोड दिएका छन्।संविधान संसोधन गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व, बहुलबादमा आधारित शासन प्रणालीलाई मुख्य आधार बनाउनु पर्नेमा उनले जोड दिएका हुन्।
“हामी राजनीतिक रूपमा अधिकार सम्पन्न भइसकेका छौं, अब आर्थिक रूपमा सबल हुन पनि जरूरी छ,” देउवाले भने, “संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू भइसकेको छ, बहुलबाद र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिलाई मर्न दिनु हुन्न।”
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस र एमाले बीचको ७ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका छन्।”सरकारको काम मूल्याङ्कन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,” देउवाले संसद बैठकमा भने, “सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री वातावरण बनेको छ, व्यवसायी उत्साहित छन्, भूमिहीनले जग्गा पाउँदैछन्।” उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफू विश्वस्त रहेकोसमेत जनाएका छन्।