ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

अध्यादेशको विषयमा नकारात्मक टिप्पणी जरुरी छैन ।– मन्त्री ढकाल

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

बुटवल, १९ माघ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औ साधारण सभा तथा १२ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा सम्पन्न अधिवेशनले संघको अध्यक्षमा उपेन्द्र अग्रवाल सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रज्वल थान्जु, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टंक प्रसाद खनाल, सचिवमा यादव प्रसाद भण्डारी तथा सदस्यहरूमा कोसलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने निर्वाचित भएका छन् । यसैगरि संघमा लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनित गरिएको छ । नवनिर्वाचित कार्य समितिलाई कार्यक्रमका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रमाण, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक तथा निर्वाचन समितिका संयोजक रामबहादुर गुरुङले माला, टिका तथा खादा लगाएर सम्मान गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले अध्यादेशको विषयमा धेरै नकारात्मक टिप्पणी जरुरी नरहेको बताए । विधेयकहरु संसदबाट अघि बढाउदा धेरै समय लाग्ने हुदा पनि सरकारलाई कामको गतिदिने गरि अध्यादेशको बाटो अप्नाउनुपरेको उनले दाबी गरे । राजनितिक लडाइ सम्पन्न गरेर मुलुकलाई आर्थिक समृध्दिमा लैजाने नै प्रमुख दायित्व भएको उनले बताए । आर्थिक प्रगतिको बाटोमा देशलाई डोराउन नसकेसम्म देशमा विकासले गति लिन नसक्ने उनको दाबी छ । उद्योगीहरुलाई आशा जगाउने, भरोसा बढाउने र रुग्घ उधोगहरुलाई अगाडी बढाउने गरि नया उद्योग नितिको बाटो सरकार रहेको उनले बताए । राजनितिक परिवर्तन अनुसार जनताको मन जित्ने काम गर्न नसकेको उनले स्विकार्दै देशमा आएको अस्थिरता यसको मु्ख्य कारण भएको बताए । केही राजनितिक दलमा अडानको कमी र दोगल्ला प्रवृतिको कारण देश पछि धकेलिएको भन्दै यसकै कारण अहिलेको दुई ठुला दल बिचको गठबन्धन बनेको उनले बताए । जनता प्रतिको उत्तरदायित्वलाई बुझेर नै अहिलेको गठबन्धन अघि बढेको उनले बताए । केन्द्रिय सरकारसंग प्रदेश सरकार निरन्तर समन्वयको पाटोमा धेरै मुद्घामा रहेको उनले बताए ।

कार्यक्रममा नेपाल औद्योगिक महासंघका अध्यक्ष रामहिरा पाठकले अनुत्पादक बिषयमा लागेर कार्यकाल बिताउनुपरेको दुखेसो गरे । औद्योगिक क्षेत्रमा भाडा तिरेर पनि बाटो निर्माण, जग्गा भाडाको बिरोध जस्ता विषयमा आवाज उठाउदैमा वितेको उनले बताए । उद्योग क्षेत्रलाई बढाएर देशको राजश्व वृद्घि गर्ने गरि सरकार लाग्नुपर्नेमा फरक उदेश्य बोकेको भान भैरहेको उनले दुखेसो गरे । सरकार परिवर्तनको प्रभाव कै कारण धेरै आवाज राखेपनि आफ्ना सुनुवाई नभएको उनले बताए । उद्योगीहरुबाट उठाएको करबाट ५ प्रतिशतमात्र औद्योगिक क्षेत्रमा लगाएमा सबै समाधान हुने उनले बताए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष एजाज आलमले लामो ईतिहास बोकेको औद्योगिक क्षेत्रको गरिमालाई थप उचाईमा लग्ने गरि कार्यक्रमहरु गर्न नया नेतृत्वलाई सुझाव दिए । औद्योगिक विकास र प्रद्धर्धन गर्ने रुपमा लाग्नुपर्ने औधोगिक क्षेत्र केवल भाडा उठाउने गरि संचालन भएको उनले दुखेसो गरे । नया औद्योगिक क्षेत्र संचालनलाई ब्यवस्थित गर्न जरुरी रहेको उनले बताए ।
सो अवसरमा संघकातर्फबाट उत्कृष्ट उद्योगका रुपमा शिवशक्ति शोप इन्डष्ट्रिज प्रालिलाई छनौट गरि सम्मान गरिएको थियो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उद्योगका सञ्चालक अखिलेश कशौधनलाई प्रदान गरे ।

कार्यक्रममा संघका अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोग विहिन अवस्थामा रहेको बताउदै उद्योग बिस्तारका लागि जग्गाको कमी भैरहेको वर्तमान अवस्थामा उक्त जग्गालाई यस औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुले भोग चलन गर्ने गरि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उपेन्द्र अग्रवालले औद्योगिक क्षेत्रभित्रका समस्याहरुलाई समाधान गर्न आफ्नो नेतृत्वले इमानदारिताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले शुभकामना दिए ।
बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योगहरु स्थापना भएका छन् भने ६६ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । उद्योगहरुमा करिब ३००० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । निर्वाचन कार्य तालिका अन्तरगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?