ट्रेंडिंग:

>> निजि क्षेत्रबाट लगानी भएको खेलमैदान सरकारको सम्पत्ति हो ।- प्रबन्ध निर्देशक कुँवर >> राधाचन्द्र विद्यालयलाई ट्याङकी हस्तान्तरण >> मोरङमा नेविसंघको दुई पक्षमा झडप >> च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल बर्षाले रद्ध >> गोरु पाल्न किसान उत्साहित >> जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै >> सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से >> पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ >> ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान श्रीमतीसहित मृत फेला >> ट्रम्पले युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी >> जापानका व्यवसायीलाई नेपालमा थप लगानी गर्न अर्थमन्त्रीको आग्रह >> महाकुम्भ मेला सम्पन्न,६६ करोडभन्दा बढी मानिसले गङ्गामा स्नान गरे >> उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन >> गृहमन्त्री लेखकले कोशी प्रदेशका संघीय सांसदहरूसँग केबलकार विवाद बारे छलफल गर्दै >> भूकम्पपछिको पुनर्निर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन ईकाइ खुल्दै >> पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय >> दुई सिफ्टमा अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि >> आफ्नो सरकारले गरेका सुधार कार्य रोकिएको प्रचण्डको आरोप >> इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउन सक्ने >> सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ- प्रधानमन्त्री ओली >> दुई दिने शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका >> राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ >> दयाहाङ र विजय अभिनित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति घोषणा >> जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक >> आज कति छ सुनचाँदीको मुल्य ? >> आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने >> रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट >> उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत कर्मचारीको मृत्यु >> पाल्पाका स्थानीय तहले गरे स्वास्थ्यमा व्यापक आर्थिक अनियमिता >> लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवस: बन्दैछ विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाई >> राष्ट्रिय भलिबल उपाधि पुलिस क्लबलाई >> ‘विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवद्र्धन’ >> जनप्रतिनिधिहरूलाई सक्षम बनाउने कसरी ? >> मल कारखाना आश्वासनमै सीमित >> पाल्पाको वित्तीय प्रगति २० प्रतिशत >> पञ्चेबाजा सीपले हौसिएका आमाहरू >> भन्सार छलेर ब्राण्डेड मदिराका नक्कली सामान >> पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना >> मदिरा व्यवसायी संघ भैरहवाद्वारा शिव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर >> मोटरसाइकलले ठक्कर दिंदा साइकल चालकको मृत्यु >> कपिलवस्तु तिलौराकोट गोल्डकपः सङ्कटाको विजयी सुरुवात >> पहुँचको भरमा योजना छनोट रोक्न कर्णाली सरकारले ल्यायो कार्यविधि >> आयोजक कपिलबस्तुलाई स्पब्ध पार्दै संकटा अन्तिम चारमा >> बुटवलमा दिपाल शोरुम शुभारम्भ >> एमाले नेता केशव बडाललाई पत्नी शोक >> तौलेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको घुईचो >> १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल >> रोल्पाको राष्ट्रिय भलिवल प्रतियोगितामा नेपाल पुलिस क्लव प्रथम >> परराष्ट्रमन्त्री राणा र मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता >> शिव मन्दिरमा भजनमा रमाउदै भक्तजन

हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

ढाका, १८ माघ ।

बंगलादेशमा हिंसात्मक आन्दोलनपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग बंगलादेशको राजनीतिमा फेरि सक्रिय हुन थालेको छ ।अवामी लिगले युनुस सरकारविरुद्ध निरन्तर आन्दोलनको घोषणा गरेको छ । जुन फ्रेबुअरी १ बाट सुरू हुनेछ ।

बंगलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलनपछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ । युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरू विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आएपछि सो पार्टी आन्दोलनमा उत्रिएको हो ।

हालै अन्तरिम सरकारका एक सल्लाहकारले अवामी लिगलाई चुनाव लड्न नदिने बताएका थिए भने भारतमा रहेकी शेख हसिनाले आफ्ना समर्थकहरूलाई भर्चुअल माध्यमबाट निरन्तर सम्बोधन गर्दै चुनाव लड्ने नदिने योजनाको विरोध गरिरहेकी छिन् ।

अवामी लिगले मोहम्मद युनुस नेतृत्वको सरकारलाई सिधै चुनौती दिने भएपछि स्थितिमा बदलाव आउन सक्ने जनाइएको छ । अवामी लिगले बंगलादेशमा बन्दको आह्वान गरेको छ । यसको कार्यक्रम फेब्रुअरी महिनाभर चल्नेछ। युनुस सरकारको राजिनामाको माग गर्दै फेब्रुअरी १८ मा बंगलादेशभर हडतालको आह्वान गरिएको जनाइएको छ ।

पहिलो आलोको रिपोर्ट अनुसार अवामी लिगले फेब्रुअरी १ ​​देखि बंगलादेशको राजनीतिमा सक्रिय रूपमा पुनः प्रवेश खोजिरहेको छ । फ्रेबुअरी १ गतेदेखि कार्यक्रमको पर्चा वितरण गरिने छ भने फ्रेबुअरी ६, १० र १६ मा पनि निरन्तरता पाउनेछ ।

तर, युनुस सरकारले यसप्रति कडा प्रतिक्रिया दिएको छ । प्रेस सचिव शफिकुल आलमले अवामी लिगको झण्डा बोकेर गैरकानूनी रूपमा विरोध गर्ने जोसुकैले कानुनको सामना गर्नुपर्ने बताएका छन् । सुरूमा उनले भनेका थिए, ‘बंगलादेशमा अब अशान्ति र हिंसा गर्ने मौका दिइने छैन।’ तर, अवामी लिगलाई दिइएको यो चेतावनीको गलत अर्थ लागेपछि सच्चाउँदै शफिकुल आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारले पदभार ग्रहण गरेदेखि नै कुनै पनि वैधानिक आन्दोलनलाई रोकेको छैन । हामी भेला र संघको स्वतन्त्रतामा विश्वास गर्छौं।’

हसिना सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएलगत्तै अवामी लिगको विद्यार्थी संगठन, छाल लिगमाथि प्रतिबन्ध लगाइएको थियो । तर, अवामी लिगलाई भने अहिलेसम्म प्रतिबन्ध लगाइ सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?