ट्रेंडिंग:

>> चिन्तन र व्यवहारले दर्शाउँछ मानवको पहिचान >> बुटवलमा जलन अस्पताल कहिले ? >> रोल्पामा कुकुरलाई बच्चा बनाउन छैन छुट ! >> एमाले सचिवालय बैठक बस्दै, अध्यादेशबारे छलफल हुँदै >> महभित्र ‘बिचौलिया’ पस्दा किसानलाई कम मूल्य >> ४८ घण्टादेखि हिमपातमा फसेका १ दर्जन गाडीका यात्रुको उद्धार >> लिम्सको न्युरोसाइन्स सम्मेलन २०२५ रुपन्देहीमा सम्पन्न >> गौतम रानालाई तेस्रो मिष्टर उजिरसिहको उपाधि >> जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन >> ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम गरेन । -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन >> केपी ओली कपको उपाधिमा मछिन्द्र र त्रिभुवन आर्मी भिड्ने >> सशस्त्र प्रहरीको ‘ बाहिनीपति’ कपमा सुर्खेत पहिलो >> २० लाख बढीलाई संसार देखाउन सफल पुरेनवा आखा अस्पताल >> सुनगाभा सैनामैना गोल्डको तयारी पूरा >> रुपन्देहीमा गोली प्रहार गरी २९ वर्षीय युवकको हत्या >> अफगानिस्तान घुम्न जाने पर्यटकले नै सुरू गरे इस्लाम धर्म अपनाउन >> एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर >> फुटबलमा छात्रा सहभागिता : अवसर छ, उत्साह छैन >> सम्झना राष्ट्रगुरु योगी नरहरिनाथको >> भूमि अध्यादेश विरुद्ध उपेन्द्रले खोले मुख >> मुख स्वास्थ्य समुदायमा बुझाउदै समाज डेन्टल >> रूपन्देहीमै अब ‘रातीमा क्रिकेट’ >> सफल हुँदै सामूहिक आलु खेती >> राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीको अध्यक्षमा खनाल >> सुर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेडलाई  >> संघीय सांसद ढकाल र माल्दिभ्सका सभामुखबीच द्विपक्षीय सहकार्यबारे छलफल >> गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय “बुद्ध ज्ञान साइकिल यात्रा” शुभारम्भ >> अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर >> त्रिविले स्ववियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गर्यो >> पूर्व उपप्रधानमन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल श्रद्धाञ्जली दिन लम्साल निवासमा >> संस्कृतिलाई स्रोतको रुपमा विकास गर्न राममणिले राष्ट्रिय गोष्ठी गर्दै >> हिमपात र पहिरोका कारण रुकुम र दार्चुलामा सडक अवरुद्ध >> कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान >> समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा >> च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंङ गर्ने >> मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति >> ट्रम्पको थप कर लगाउने घोषणापछि चीनको प्रतिक्रिया >> नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ- प्रधानमन्त्री ओली >> बनेपाको होटलमा युवती मृत फेला  >> अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज महत्त्वपूर्ण भेटवार्ता हुँदै >> मौलापुर मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट >> ‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने >> परराष्ट्रमन्त्री राणा चढेको कतार एयरवेजको जहाज भारतको कलकत्तामा डाइभर्ट >> ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड >> नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन >> फिल्म ‘लाज शरणम्’ ले पहिलो दिन कति कमायो? >> उपेन्द्र यादवले किन गर्दैछन् अध्यादेशबारे अन्तरक्रिया ? >> देउवाले बोलाए काँग्रेसका शिर्ष नेताको बैठक >> सुन तोलाको २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट >> च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र अस्ट्रेलिया भिड्दै

क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को संगठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैङ्कका चेक १९ थान र नगद रू पाँच लाख ५० हजार बरामद गरेको छ। विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा व्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए।

उनीहरूले विभिन्न बैङ्क तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैङ्क तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैङ्क तथा वालेटमा पुहँच पुर्‍याइ रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैङ्क तथा वालेजमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?