Butwal Today
तिलोत्तमा जेसिजको पद स्थापन

जेसिजका युवा देशको मुल राजनीतिमा आउनुपर्ने पूर्वअर्थमन्त्री महतको सुझाव

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

बुटवल, १९ माघ । युवालाई नेतृत्व र सामाजिक क्षेत्रमा अग्रसर गराउदै आएको तिलोत्तमा जेसिजको पद स्थापन तथा सपथ ग्रहण सम्पन्न भएको छ । वर्ष २०२४ का अध्यक्ष महेश शर्माले बर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष प्रकाश न्यौपानेलाई पद हस्तान्तरण गरे ।

कार्यक्रमको एक समारोहका बिच नेपाल सरकारका पुर्व अर्थमन्त्री प्रतिनिधि सभा सदस्य नेपाली काग्रेस पार्टीका केन्द्रिय प्रबक्ता डा.प्रकाश शरण महतले उद्घाटन गर्दै जेसिजका युवाहरुको क्षमता र जेसिजको प्रकृयाबाट आफु प्रभावित भएको बताए । देशमा युवा पलायन रोक्न र उद्यमशिल बनाउन आफु अर्थ मन्त्री हुदा युवा लक्षित कार्ययोजना बनाएको स्मरण गर्दै उनले अब जेसिजका युवा देशको मुल राजनितिमा आउनुपर्ने बताए । युवाबाट नै देश सहि बाटोमा आउने र विकासको गति लिने भन्दै उनले यसमा आफनो सधै साथ रहने प्रतिवद्धता जनाए । जेसिज कानुनको वकालत गर्ने र जेसिजका युवाले देशका विकृती विसंगती चिरफार गरि युवा पलायन रोक्ने खालका कार्यक्रम लिएर देशको अर्थतन्त्र सुधारमा लाग्नुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. नन्दु पाठक मेडिकल हिरो अवार्डबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमका तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकामा रहेको जेसिज जस्ता सस्थाहरुले नगरको पहिचानलाई देशविदेशमा चिनाउन सफल भएको बताएका छन । जेसिजले बास्तवमा समाज रुपान्तरण र नेतृत्व विकासमा काम गरेको धारण उनले ब्यक्त गरे । जेसिज जस्ता सस्थालाई सचिवालय निर्माणको लागि जग्गा ब्यवस्थापन गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठ, वुटवल जेसीज २०२४ का अध्यक्ष विनोद घिमिरे, सिद्धार्थ जेसीज बर्ष २०२५ का अध्यक्ष अर्जुन कुवँर, तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष बिनोद ढकाल, पुर्व अध्यक्ष विनोद सुवेदी, निशानबाबु कार्की, ईश्वर पाण्डे, बासुदेव शर्मा, विनीत भट्टराई, प्रकाश गौतम, लोकप्रसाद भण्डारी, संयोजक भानु पोखरेलले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?