© २०२३
पर्यटनको प्रचुर सम्भावना रहेको भएपनि ब्रान्डिङ नहुँदा मधेशमा रहेका पर्यटन तथा पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । सरकारी तथा पर्यटनसँग सम्बन्धित सरोकारवाला संघसंस्थाहरू समेत मधेश पर्यटनप्रति गम्भीर देखिँदैनन् ।
प्रचुर सम्भावना बोकेको मधेश पर्यटनको योजना नबन्दा पर्यटकिय स्थल ओझेलमा परेको पाल्ही बहुमुखी क्याम्पस परासीका पूर्व क्याम्पस प्रमुख कैलाश ठाकुर बताउँछन् । भारत लगायत अन्य मुलुकमा इतिहास, संस्कृतिलाई जोडेर आफ्नो पर्यटन क्षेत्रको बिस्तार गर्ने गरेका छन्, उनी भन्छन्–‘तर नेपालको मधेश क्षेत्रको ब्रान्डिग नहुँदा कतिपय स्थलको अस्तित्व नै मेटिने अवस्थामा छन् । संरक्षण र प्रवद्र्धनका लागि सरकारी नीति पनि प्रभावकारी देखिएको छैन् । नीति भएपनि नियतीमा खराबी देखिन्छ । विगतका सरकारले पनि मधेश क्षेत्रलाई पर्यटन क्षेत्रको रूपमाविकास गर्न चाहेनन्,’ उनी थप्छन–‘अहिले गणतन्त्र ब्यवस्था आउँदा पनि तिन तहको सरकारको ध्यानमा सडक, भवन लगायतका पूर्वाधार नै प्राथमिकतामा रहेको छ । निजी क्षेत्रका मेलामहोत्सव पनि कर्मकाण्डी मात्रै देखिन्छन् । अहिले त झन मेलामहोत्सवको नाउँमा ठेकेदारी प्रथा हाबी भएको छ ।’
नवलपरासी जिल्लाकै पर्यटन क्षेत्रको सम्भावनालाई नियाल्ने हो, भन्ने हिन्दु दर्शनको त कुरै भएन बौद्ध तथा इस्लाम धर्मसँग जोडिएका धार्मिक पर्यटनका सम्भावना प्रचुर छन् । भारत सिमासँग जोडिएका मधेशमा मात्रै उत्तर दक्षिणको प्रत्येक १० किलोमिटर दुरीमा जलबायु परिवर्तन छ, पूर्व पश्चिमको प्रत्येक १० किलोमिटरमा संस्कृति परिवर्तन भएको पाईन्छ । प्राचिन इतिहास अनुसार पनि भारत बर्षका १६ जनपद मध्येका कुरु, कौशल, काशी, मगध, विदेश र अंग राज्यका ऐतिहासिक भूमि र सँस्कृति मधेशमा छन् । ती राज्यका भाषा पनि क्रमशः खडी, अवधी, भोजपुरी, मैथली, मगही र राजबंशी जिवित अवस्थामै छ । भाषाँसग सम्बन्धित संस्कृति र साँस्कृतिक भूमि पनि छन् । पछिल्लो समयका बौद्ध स्थल र इस्लामिक केन्द्रका स्थानपनि यस मधेशमा विद्यमान छन् ।
नवलपरासीमा मात्रै रहेको बार्षिक ५ लाखसम्म पर्यटक आउने मदारबाबा क्षेत्रको विकास गरि पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने आधार छ, तर त्यसबारे खासै प्रचारप्रसार र ब्रान्डिड्ड गरिएको देखिँदैन । आउने पर्यटकको चढावा कुर्ने नेपाली परम्परामै चल्दै आएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयदगुलाम हुसेन बताउँछन् । मदारबाबा क्षेत्रको विकासका लागि सरकारले ब्राण्डिड्ड मात्रै गर्न सक्यो भन्ने संसारबाट मुस्लिम धर्मावलम्बीको आगमन हुने स्थान हो, मौलाना भन्छन्, त्यसैगरि सुनवलको बनकट्टीमा रहेको पैगम्बर मोहम्मदकै बंशजका धर्मगुरुको मजार स्थलपनि इस्लामिक धर्मिक पर्यटन क्षेत्रको सम्भावना छ ।
बौद्ध धर्मसँग जोडिएका भगवान गौतम बुद्धको आठौं भागको एक भाग अस्तु रहेको मौलिक स्तुप रामग्राम स्तुपमधेश मै छ । नवलपरासीसँगै लुम्बिनीसँगै तीनजना बुद्ध जन्मेको स्थान कपिलबस्तुका दर्जनौ बुद्ध स्थलको आ–आफ्नै इतिहास र संस्कृति रहेको छ । नवलपरासीमा पनि नेपालको बोधगया भनेर चिनिने अनोमाघाट, उनले चार ब्रम्हविहारको धर्म देशना दिएको स्थल प्राचीन हल्लिदावसन (हालको बुद्धमंगल ताल), गृहस्तलाई मुतिmको माग देखाउने गृहशुख सन्देश दिएको प्राचीन ककरपत्तनगर(हालको जावा कोलवृक्ष बगैचा), लाभीभन्तेको उपाधी प्राप्त सिबली भिच्छुको जन्म स्थलतथा कोलियपुत्री सुप्पबासाको गृहनगर प्राचीन सज्जनेल नगर (हालको बासा), मायबीनभई आफूसँग मुतिmको मार्ग भएको अष्टागिँक मार्गको धर्मदेशना दिइएको प्राचीन उत्तरक नगर (हालको तरगौली क्षेत्र) यहिँ मधेश मै छ । त्यसैगरि बुद्धसँग जोडिएको शाक्य र कोलिय राज्यका राजधानी कपिलबस्तुु र रामग्राम कोलनगर राजधानी क्षेत्र पनि अवस्थित छ ।
कोलिय र शाक्यसँग जोडिएका विभिन्न संस्कार र संस्कृतिले भरिएको मधेश मात्र नभई चुरेदेखि दशगजा सम्मको एक दिनमै पहाडदेखि समथल भूमिको यात्रा अनुभव गर्न सक्ने स्थान छ । पर्यटन क्षेत्रको खोजी गर्ने, संस्कार र संस्कृतिसँग जोड्ने, विभिन्न समारोहको आयोजना गर्ने, प्रचारप्रसार गर्ने सम्भावना रहेको छ । तर ति सम्भावना नदेखाउने शिक्षा प्रणाली पनि कमजोर नै रहेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार बताउँछन् । अहिले तीन तहको सरकार बनेको छ, उनी भन्छन्, तर पहिलेका सरकार जस्तै अहिलेका सरकारहरूको पनि रवैया उस्तै देखिन्छ । शैक्षिक संस्थाहरू पनि विद्यार्थीलाई ब्यवस्थान र बजार बढाउँछन्, तर स्थानीयस्तरमा बजारको खोजी गर्ने, ब्राण्डिगँ गर्ने, रोजगार स्वरोजगारको अवस्था सृजना गर्ने सृजनसिल अध्ययन अध्यापन नहुँदा पनि मधेश पर्यटन क्षेत्रको खोजी गर्न सकिएन ।
कोलिय शाक्य राजाले मनाउने गरेका संस्कार र संस्कृति नै स्थापित गर्दै बौद्ध पर्यटन क्षेत्रको बिस्तार गर्ने सम्भावना मधेशमा रहेको छ । उनी भन्छन्–‘जसरी सिद्धार्थ गौतम गृहत्यागगरि सन्यास धारण गर्दा अनोमाघाटमा कपाल मुण्डन गरेका थिए । त्यस स्थानलाई महाभिनिष्क्रमण स्थल भन्निछ, ति स्थान सँसारकै प्रबज्या लिइने बौद्धका लागि रोजाई बन्न सक्छ वा असार पूर्णिमाका दिनलाई कपिलबस्तुदेखि अनोमाघाट पुगेर महाभिनिष्क्रमण जात्रा मनाउने र कपाल मुण्डनको संस्कृति पुनस्र्थापित गरेर ब्राण्डिड्ड गर्न सकिन्छ । कोलिय राजाहरू आनन्दन मनाउन जाने नन्दन तालमा आनन्द जात्रा मनाउन सकिन्छ र ब्राण्डिगँ गर्न सकिन्छ ।’
जुन अहिले रामग्राम नगरपालिकाले कोलिय राजाहरूले जसरी भगवान गौतम बुद्धको अस्तु ल्याएर स्तुप स्थापना गर्न लगेका थिए, त्यसैलाई झल्को दिईने गरि बुद्ध पूर्णिमाका दिन धातु जात्रा दुई बर्ष देखि निकाल्न थालिएको छ । त्यसैगरि रामग्राम स्तुपमा नागपुजा र हाथीद्वारा पूजा गर्ने प्रचलनको शुरुवात गरिएको छ । यसलाई देश विदेशमा ब्राण्डिड्ड गरेर मधेश पर्यटनको विकास गर्न सम्भावना छ । पहाड प्रकृतिले भरिएको छ, भन्ने मधेश संस्कार र संस्कृतिले भरिएको छ । नेपालले प्रकृतिसँगै संस्कृतिको ब्राण्डिड्ड गरेर आम्दानीको स्रोत बनाउन सक्ने र रोजगार तथा स्वरोजगारको बिस्तार गर्न सक्ने अवस्था छ । तर माल पाएर चालन पाएका हाम्रा शासक र विज्ञहरू रहेका छन् ।
मधेश परम्परागत मौलिक खानपानले पनि भरिएको भूमि र संस्कृति हो,उनी भन्छन्, तर मधेशमा सम्भावना खोज्ने काम कहिलै गरिएन्, अबका सरकारले कम्तीमा त्यसको सम्भावना खोजी गरिदिइनु पर्ने उनी बताउँछन् । मधेशमा आन्दोलन भयो, तर मधेशका संस्कार संस्कृतिक सम्पदाको प्रदर्शन, प्रचार प्रसार र आर्थिक उन्नतीको स्रोत बनाउने प्रयास भन्ने नगरिएको उनको तर्क थियो । उनी मधेशका खानपान र बस्तुको अवस्थाका केही दृष्टान्त सुनाउँदै भन्छन् । मधेशमा सिजन अनुसारको खानपान परापूर्वकालदेखि ब्यवस्थित देखिन्छ ।
जस्मा सागपातमा बथुवा, लतरी, केराई, चाना, थडुवा, पोई, टुसा, अरूई, दुधिया, कोचया लगायतका सागपात खान पाईन्छ । माछामा झिगाँ, केकडा, तेलगगर, गिरई, चर्गां, सिधरी, डेढुवा, चेलवा, खोतरी, पतासी, बम, घोघी लगायतका माछाजन्य प्रकार छन् । उखुबाट तयार गरिने रस, महिया, राब, मसलपट्टी, सोठौरा, लाइ, मुरब्बा, गुलगुला, रसिआव जस्ता खाद्यपदार्थ बनाईनछ र खाईन्छ । मिठाई जन्यमापनि बतासा, गट्टा, जिलेबी, मन्सुर, परोरा, बुनिया दुधबाट खोवा, रसभरी, दही, मठार बनाउने गरिन्छ । संस्कार र संस्कृतिपनि एक आपसमा जोड्ने संस्कृति छ । एउटा विवाहमा आवश्यक बस्तुले पनि एक आपसलाई जोडेको छ, जुन पर्यटक लोभ्याउने संस्कृति बन्न सक्छ । जस्तै कसैको विवाह भयो भने त्यसका मालीले बनाएको मउर, बढईले बनाएको पिर्का, डोमले बनाएको डाला, कुमालले बनाएको माटाका भाँडा, धोबीले धोएको कपडा, दर्जीले सिलाएको कपडा, चमारको बाजा आवश्यक पर्छ । यसले मधेश संस्कार र संस्कृतिलाई जोडेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी