Butwal Today

प्रहरी प्रमुख माथि छानबिन हुनुपर्छः राजेन्द्र लिङदेन

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख बसन्तराज कुवँरको छानबिन हुनुपर्ने बताएका छन्।संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष लिङदेनले प्रहरी प्रमुख कुवँरको नेतृत्वमाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका छन्।

उनीले भने, “यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथि कुनै मुद्दा परेको छैन भन्नुभएको थियो, तर अहिले उहाँको नेतृत्वमा रबि लामिछाने माथि मुद्दा चलाइँदैछ। त्यसैले उहाँ माथि छानबिन हुनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?