© २०२३
चन्द्रौटा, १८ माघ ।
प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा बाबुराम रायमाझी निर्वाचित भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका(४ ठकुरापुरमा भएको ८औँ जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
जसको उपाध्यक्षमा कुलराज भुसाल निर्वाचित भएका छन् । भने महिला उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा संजिव गहतराज, सह सचिवमा राम अवतार चौधरी, समावेशी सहसचिवमा अजय मिश्र, कोषाध्यक्षमा अनुपम पौडेलसहित १३ सदस्यीय कार्य समिति चयन भएको प्रेस चौतारी नेपाल कपिलवस्तुले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बुधवार नै शपथ ग्रहण समेत लिएका छन् । शपथ ग्रहण सँगै नवनिर्वाचित अध्यक्ष रायमाझीले सबैलाई समावेश गरेर संस्थालाई बलियो बनाउने प्रतिबद्धता जनाए । यसैगरी अधिवेशनबाट जानु पाण्डे, भेषराज पाण्डे र गीता अर्याल केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
संगिता भुसाल, बासुदेव बर्मा ९अजय० र रामबहादुर गन्धर्व प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । नयाँ नेतृत्वसँगै जिल्लाको पत्रकारिता क्षेत्र थप व्यावसायिक, मर्यादित र प्रभावकारी हुने अपेक्षा लिइएको छ । यसैगरी स्व। दुर्गा प्रसाद बेल्वासे, स्व। नन्दराम पौडेल स्मृति पत्रकारिता पुरस्कार, वन तथा वातावरण विकास पत्रकारिता पुरस्कारलगायतका विद्यामा जिल्लाका सक्रिय चार पत्रकारलाई सम्मान समेत गरिएको निवर्तमान अध्यक्ष जानु पाण्डेले जानकारी दिए ।
