ट्रेंडिंग:

>> कुलमान घिसिङको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न: उज्यालो नेपाल बनाएर के गल्ती गरे? >> नेप्से प्रमुख कार्यकारी अधिकृतको पदका लागि अर्थ मन्त्रालयद्वारा आवेदन आह्वान >> दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन अमरेशकुमार सिंहको माग >> स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की >> नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि सुरु >> नाजिर र वर्षा ‘कल्ली’ फिल्ममा पति-पत्नीको भूमिकामा, छायांकन सुरु >> आईसीसी च्याम्पियन्स ट्रफी: बङ्गलादेश र न्युजिल्यान्ड आज भिड्दै >> सम्पदा लघुवित्तको यसपटक लाभांश नदिने निर्णय >> संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ- प्रचण्ड >> युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त >> प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक >> प्रादेशिक अस्पतालका डाक्टरले निजी अस्पतालमा पठाएको बिरामीको अपरेसन गर्दा मृत्यु, घटनाको छानबिनको माग >> भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रूपन्देही विजेता >> महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी >> सुनचाँदीको मूल्य बढ्यो >> चैतको पहिलो सातादेखि तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने >> लमजुङमा भूकम्पको धक्का महसुस >> सन्तोषीलाई ‘रन टु साईन’ को उपाधि >> लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मूल्यांङ्कनमा नेपालकै प्रथम >> जनसाङ्ख्यिक लाभको अवस्था र चालिस वर्षे तगारो >> बाँदर र बँदेल आतंकबारे प्रतिनिधिसभामा आज छलफल हुँदै >> ग्रे लिष्टको नतिजामा सुधार गर >> हिंसा जहिल्यै पनि गलत: महामन्त्री थापा >> सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार >> मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता आवश्यक: मुख्यमन्त्री आचार्य >> आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना >> मगर दिवस २०८१ : अधिकार र पहिचानको लागि पाँच दिवसीय कार्यक्रम >> ‘रोटरी डे’ मा बुटवलमा सम्पदा पदयात्रा >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा रोटरी दिवसमा विद्यालय पोशाक वितरण >> दोस्रो मेयर कप छात्र/छात्रा फुटबल विजेता स्कलर्स टिमलाई सम्मान >> उजिरसिह माबिलाई महिला भलिबलको उपाधि >> शाइन रेसुङ्गा बैंक १७ औं वर्षमा, शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकार खनाललाई >> केपी ओली कपको शुभारम्भ >> किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान >> ११.६६ अंकले बढ्यो नेप्से >> ट्यापेन्टाडोल र क्यारिसोप्रोडोललगायतका औषधिको निर्यातमा भारतले लगायो प्रतिबन्ध >> एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल >> सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो >> पाकिस्तानले टस जित्यो, भारतले पहिला बलिङ गर्ने >> नवजीवन युवा क्लबको तेह्रौं साधारणसभामा अध्यक्ष सन्तोष >> पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती >> यात्रा स्मरण : प्रयागराजमा १४४ वर्षपछिको महाकुम्भ मेलामा सहभागी हुँदा  >> बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट >> नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो >> जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा >> पाँच सय हाेइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की >> राप्रपाले मंगलबार धनगढीमा बृहत मोटरसाइकल र्‍याली गर्दै >> दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली >> प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा

संसदको हिउँदे अधिवेशन सुरु हुँदै : प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने, अध्यादेश पेस हुने

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

पाँच महिनापछि खुलेको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोल्ने कार्यसूची छ।

यस्तै संसद्‌मा रहेका अन्यदलका शीर्ष नेताले पनि धारणा राख्ने तय भएको छ। सरकारले ल्याएका ६ वटा अध्यादेशहरू शुक्रबारकै बैठकमा पेस हुनेछ। दलीय आधारमा नेताहरूले धाराणा राखेपछि अध्यादेश पेस गर्न सभामुख देवराज घिमिरेले अनुमति दिनेछन्।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संसद्को कार्यसूचीअनुसार नै बैठक सञ्चालन हुनेछ। ‘भोलि प्रधानमन्त्री, शीर्ष नेताहरू बोल्ने भएकोले अरु बाँकी रहेका निर्णय त्यहीँ गरिन्छ। यद्यपी सरकारलाई अध्यादेश पेस गर्न भने रोकिने छैन’ उनले भने ,’अध्यादेशमाथिको विरोधका कार्यक्रम त्यसपछिको संसद् बैठकमा गर्छौँ।’

त्यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट पार्टी उपसभापतिसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले बोल्ने तय भएको सचेतक निशा डाँगीले जानकारी दिइन्।

‘संसद् बैठक सुरु भएलगत्तै हाम्रातर्फबाट आकस्मिक समयको माग हुन्छ,’ उनले भनिन्, ‘आकस्मिक समय मिलेको खण्डमा माननीय सोविता गौतमले दलको तर्फबाट बोल्नुहुन्छ। भोलिको बैठकमा विरोधका कार्यक्रम छैन।’

कार्यतालिकाअनुसार शीर्ष नेताले बोल्ने समय आउँदा पार्टी उपसभापतिसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले बोल्नेछन्। सरकारको तर्फबाट अध्यादेश पेस भएलगत्तै रास्वपाले अस्वीकारको प्रस्ताव पेस गर्न अनुमति माग्नेछ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले नै बोल्ने तय भएको छ। यीबाहेक संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताले पनि धारणा राख्नेछन्।  नेताहरूले धारणा राखिसकेपछि अध्यादेश पेस हुने कार्यसूची छ।

शुक्रबारको बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची छ।

कार्यसूचीबारे सभामुख देवराज घिमिरेले कार्यसूचीका विषयमा दलका प्रमुख समेतक तथा सचेतकहरूसँग छलफल गरिसकेका छन्। हिउँदे अधिवेशनको पहिलो दिन शुक्रबार संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले बोल्नेछन्। शुक्रबारको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी प्रस्तुत गर्ने भन्ने खाका तयार पारेको छ।  बैठक शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?