Butwal Today

गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा हालिन् सम्बन्धविच्छेदको मुद्दा

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दायर गरेकी छिन्।

कानुनी रुपमा हुने मानाचामल र अंशबण्डाको हकदाबी नगरी एलिनाले सम्बन्धविच्छेद मात्र माग गरेको जिल्ला अदालतले जनाएको छ।

सूचना अधिकारी दिपक कुमार श्रेष्ठले एलिनाले सम्बन्धविच्छेद माग गर्दै फिरादपत्र दायर गरेको जानकारी दिए।

‘उहाँले वारेसमार्फत फिरादपत्र दायर गर्नुभएको छ’, उनले भने, ‘मानाचामल र अंशबण्डा केही माग्नुभएको छैन, केवल सम्बन्धविच्छेद गर्न चाहेको उल्लेख गर्नुभएको छ।’

झापाकी एलिना र बाग्लुङका विष्णु सापकोटाले केही महिनाअघि मात्र विवाह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?