ट्रेंडिंग:

>> लिम्सको न्युरोसाइन्स सम्मेलन २०२५ रुपन्देहीमा सम्पन्न >> गौतम रानालाई तेस्रो मिष्टर उजिरसिहको उपाधि >> जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन >> ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम गरेन । -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन >> केपी ओली कपको उपाधिमा मछिन्द्र र त्रिभुवन आर्मी भिड्ने >> सशस्त्र प्रहरीको ‘ बाहिनीपति’ कपमा सुर्खेत पहिलो >> २० लाख बढीलाई संसार देखाउन सफल पुरेनवा आखा अस्पताल >> सुनगाभा सैनामैना गोल्डको तयारी पूरा >> रुपन्देहीमा गोली प्रहार गरी २९ वर्षीय युवकको हत्या >> अफगानिस्तान घुम्न जाने पर्यटकले नै सुरू गरे इस्लाम धर्म अपनाउन >> एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर >> फुटबलमा छात्रा सहभागिता : अवसर छ, उत्साह छैन >> सम्झना राष्ट्रगुरु योगी नरहरिनाथको >> भूमि अध्यादेश विरुद्ध उपेन्द्रले खोले मुख >> मुख स्वास्थ्य समुदायमा बुझाउदै समाज डेन्टल >> रूपन्देहीमै अब ‘रातीमा क्रिकेट’ >> सफल हुँदै सामूहिक आलु खेती >> राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीको अध्यक्षमा खनाल >> सुर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेडलाई  >> संघीय सांसद ढकाल र माल्दिभ्सका सभामुखबीच द्विपक्षीय सहकार्यबारे छलफल >> गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय “बुद्ध ज्ञान साइकिल यात्रा” शुभारम्भ >> अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर >> त्रिविले स्ववियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गर्यो >> पूर्व उपप्रधानमन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल श्रद्धाञ्जली दिन लम्साल निवासमा >> संस्कृतिलाई स्रोतको रुपमा विकास गर्न राममणिले राष्ट्रिय गोष्ठी गर्दै >> हिमपात र पहिरोका कारण रुकुम र दार्चुलामा सडक अवरुद्ध >> कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान >> समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा >> च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंङ गर्ने >> मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति >> ट्रम्पको थप कर लगाउने घोषणापछि चीनको प्रतिक्रिया >> नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ- प्रधानमन्त्री ओली >> बनेपाको होटलमा युवती मृत फेला  >> अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज महत्त्वपूर्ण भेटवार्ता हुँदै >> मौलापुर मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट >> ‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने >> परराष्ट्रमन्त्री राणा चढेको कतार एयरवेजको जहाज भारतको कलकत्तामा डाइभर्ट >> ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड >> नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन >> फिल्म ‘लाज शरणम्’ ले पहिलो दिन कति कमायो? >> उपेन्द्र यादवले किन गर्दैछन् अध्यादेशबारे अन्तरक्रिया ? >> देउवाले बोलाए काँग्रेसका शिर्ष नेताको बैठक >> सुन तोलाको २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट >> च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र अस्ट्रेलिया भिड्दै >> एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान >> जिप्रका सिन्धुपाल्चोकले भन्यो– ६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन >> रुस र युक्रेनको युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत >> उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै >> आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने >> सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड
न्यू होराइजनले मनायो ३५ औं वार्षिकोत्सव

श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैनः मुख्यमन्त्री आचार्य

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

बुटवल, १८ माघ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नु नपर्ने बताएका छ् ।

न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् ।

’म विद्यार्थीहरुलाई भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नु पर्दैन’, उनले भने–’आफ्नै देशको भूमिमा अवसरहरुको सृजना गर्न, नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु छन् । देशलाई तपाईहरुको योगदानको खाँचो छ ।’

लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष योजना निर्माण गरेको समेत उनले बताए । “समग्र शिक्षाको गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खोज, अनुसन्धानको विधिको माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ”–उनले भने–“एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।”

प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेको, सरकारको एकल प्रयासले मात्रै शिक्षा क्षेत्रको विकासलाई अघि बढाउन नसक्ने भन्दै उनले निजी क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको समेत चर्चा गरे । प्रदेश सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने उनले स्पष्ट पारे ।

न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकारका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याएको, लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने, विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको उनले बताए ।

वि.सं. २०५६ सालदेखि २०८१ सम्म आइपुग्दा धेरै परीक्षाहरु भए । त्यसको नतिजा हेर्ने हो भने पनि विद्यालयले आफूलाई सर्वोत्कृष्ट स्थानमा उभ्याउन सफल भएको सो अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यालयको इतिहासदेखि वर्तमानसम्मको चर्चा गर्दैै निजी विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरु सरकारी छात्रवृत्तिमा नपर्नु र विभेद हुनु दुर्भाग्य भएको बताए । स्थानीय सरकार यो विषयमा गम्भीर बन्नुपर्ने भन्दै उनले निजी विद्यालयमा पूर्ण छात्रवृत्तिमा पढिरहेका विद्यार्थीहरु सामुदायिक विद्यालय सरह नै भएको पनि बताए ।

संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयले सञ्चालन गरिरहेका शैक्षिक एवं अन्य गतिविधिहरुमाथि प्रकाश पारेका थिए । त्यस्तै २०५६ सालको एसएलसीमा न्यू होराइजनबाट नेपालमै सर्वोत्कृष्ट हुन सफल डा. मनोज बोहोराले आफ्नो शैक्षिक अनुभवन सुनाउँदै मेहनत गर्नेलाई देशमै अवसर रहेको र आफू पनि विदेशबाट स्वदेश फर्किएर मुलुक र नागरिकको सेवामै समर्पित रहेको बताए ।

त्यस अवसरमा विद्यालयमा लामो समयदेखि अध्यापनरत प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यद्वय वासुदेव अर्याल र बालकृष्ण भण्डारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा विद्यालयका शिक्षकद्वय हरिप्रसाद पौडेल र कल्पना कुसुमले पनि विद्यालयका गतिविधिहरुमाथि प्रकाश पारेका थिए । वार्षिकोत्सवका अवसरमा विद्यालयले तीन दिवसीय कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?