दाङ,१८ माघ ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध लगाईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाेपकाे तयारी दाङमा तीव्र पारिएको छ । स्वास्थ्य कार्यालय दाङको आयाेजनामा जिल्ला स्तरीय खाेप समन्वय समितिकाे बैठक तथा जिल्लास्थित पत्रकारहरु एवम् सराेकारवालाबीच शुक्रबार घाेराहीमा एक कार्यक्रम गरि खाेप अभियान प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको हाे ।
जिल्ला खाेप समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्माले सरकारले देशव्यापी रुपमा संचालन गर्न थालेकाे एचपीभी खाेप अभियान अन्तरगत दाङमा साढे ३९ हजार किशोरीलाई खाेप लगाउने तयारी भएको जानकारी गराईएकाे बताए ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाेप जिल्लाका दश स्थानीय तहमा रहेका ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाइने तयारी भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशाेर आचार्यले जानकारी गराए ।
उनका अनुसार, दाङका विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाउन थालिएको छ ।
प्रमुख आचार्यले तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा खोप केन्द्र तोकिएको बताए । जसमा चार सय ३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर खोप केन्द्र रहेका छन् ।
खोप माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उनले बताए । त्यसका लागि जिल्लामा खोप समेत आइसकेको बताए ।
सरकारले काेही पनि बिरामी नहाेस्, अपांग नहाेस् र मृत्युु नहाेस् भनेर खाेप अभियान चलाउने गरेकाे भन्दै भ्याक्सिनेशन, स्क्रिनिङ र उपचारका तीन विधि सँगसँगै लैजाने लक्ष्य लिईएकाे बताए ।
एचपिभी भाइरसका प्रजातिहरू मध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मानिन्छन् । एचपिभी खाेप निकै प्रभावकारी रहेकाे जनाउँदै याे वर्ष लक्षित उमेर समुहका काेही पनि नछुट्ने गरि खाेप लगाउने तयारी भएको बताए ।
घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीले प्रत्येक पालिकामा याे अभियान सफल बनाउन तयारी भईरहेकाे बताए । लक्षित उमेर समूहका काेही पनि किशोरी खाेप लगाउनबाट वञ्चित हुन नपराेस् भनेर ध्यान दिईएकाे भन्दै पाठेघरकाे मुखको क्यान्सरबाट किशोरीहरुलाई जाेगाउन सरकारले अघि सारेको राष्ट्रिय खाेप कार्यक्रम प्रभावकारी बनाउनु सबैको दायित्व रहेकाे बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. शिशिर कुवरले एचपिभी खोप अभियानमा गाभीले उपलब्ध गराएकाे सिकोलिन खोप निकै प्रभावकारी रहेको बताए । उनले यो खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने हुँदा ९८ देखि सतप्रतिशतसम्म प्रभावकारी देखिएको बताए ।
पाठेघरको मुखको क्यान्सर विश्वमा महिलाहरुमा हुने क्यान्सर मध्येमा चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ। संसारमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । यो रोगबाट हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको मृत्यु हुने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार, संसारका ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशहरूमा देखिएको छ
यता नेपालमा पनि हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । जसमा हरेक वर्ष १ हजार ३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।
महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।