Butwal Today

ग्लोबलको १६ औँ बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

१८ माघ २०८१, शुक्रबार
अ+
अ-

बर्दघाट, १८ माघ ।
बर्दघाटस्थित ग्लोबल एकेडेमीले आफ्नो १६ औँ बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सँचालन गर्ने भएको छ । विद्यालयले वार्षिकोत्सवकै अवसर पारेर विविध खेलकुद र सांस्कृतिक कार्यक्रम समेत गर्ने भएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

एकेडेमीले सामाजीक उत्तरदायित्व अन्तरगत माघ १९ गते शिविरको आयोजना गरिएको स्वास्थ्य शिविर संयोजक ईन्द्र ढकालले बताए । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाको प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी रोग, आँखा, दाँत सम्बन्धी रोग र महिलामा देखिने रोगहरुको परिक्षण शिविर संचालन गरिने संयोजक ढकालको बताए । शिविरमा स्वास्थ्य परिक्षण गर्नका लागि विशेषज्ञ डक्टरहरुको टिम आउने र निशुल्क औषधीको पनि ब्यबस्था गरिएको छ । विद्यालय परिसरमै शिविर संचालन हुने भएकोले स्वास्थ्य परिक्षण गराउन चाहनेहरुले निर्धक्क भएर आउन ढकालले आग्रह गरे ।
प्रयोगशालामा परिक्षण गर्नुपर्ने भए नमुना संकलन गरी मेडिकल कलेजमा लगेर परिक्षण गरी निशुल्क रुपमै रिपोर्ट उपलब्ध गराउने र शिविरमा स्वास्थ्य परिक्षण पश्चात थप उपचार गर्नुपर्ने विरामीका लागि निशुल्क यातायातको ब्यबस्था गरी सम्पूर्ण उपचारमा लाग्ने शुल्कमा २० प्रतिशत छुटको ब्यबस्था गरिएको बताईएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी अधिकारीका अनुसार ग्लोबल एकेडेमीले सामाजिक उत्तरदायित्वको महसुस गरी समुदायलाई लाभ हुने खालका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताए ।“निजी शैक्षिक संस्थाहरूले केवल नाफा मात्रै कमाउँछन् सामाजिक उत्तरदायित्वमा चासो देखाउँदैनन् भन्ने बुझाइलाई चिर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि झण्डै ७ देखी १० लाख लागतमा स्वास्थ्य शिविर आयोजना गरिएको छ” अधिकारीले भने ।

विद्यालयका प्रिन्सिपल मणी शर्माले बार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य शिविर संगै २० गते बाट खेलकुद सप्ताह, शिक्षक सम्मान, विद्यार्थी सम्मान, समुदायमा रहेका ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए । शर्माले २४ गते हुने बार्षिकोत्सव समारोहमा विद्यार्थीहरुको हस्तकला प्रदर्शनी विविध सांस्कृतिकहरु समेत प्रस्तुत हुने बताए ।
बार्षिकोत्सवको अवसरमा अग्रिम भर्ना हुने विद्यार्थीहरुका लागि विद्यालयले चैत्र सम्मको शुल्क र यातायात निशुल्क गरिने बताईएको छ ।