ट्रेंडिंग:

>> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

नेपाली समाज, शिक्षक र शिक्षण पेशा

२६ मंसिर २०८०, मंगलवार
२६ मंसिर २०८०, मंगलवार

समाज निर्माणमा अह्म भूमिका खेल्ने शिक्षकको नेपाली समाजमा दर्जा नै छैन भन्दा अत्युक्ति नहोला । वास्तवमा शिक्षक को हो ? उसले के गर्छ ? कसरी शिक्षक बन्न सकिन्छ ? भन्ने यथार्थ बुझेको मान्छे नेपाली समाजमा बिरलै भेटिन्छ या बुझेको मान्छेले सोही अनुरूप ब्यवहार गर्दैन भन्दा फरक नपर्ला । तर पनि जसले शिक्षकको बारेमा राम्रोसंग बुझेको छ उसले अन्तरात्मादेखि नै शिक्षकको सम्मान गर्दछ । मानिसलाई जन्मेदेखि बाँचुन्जेल हरपल शिक्षकको खाँचो परिरहन्छ । जन्मेपछि बिद्यालय नजाँदासम्म शिक्षकको भूमिका बुबा आमा तथा परिवारका अन्य सदस्यहरूले निर्वाह गर्दछन् भने बिद्यालय गैसकेपछि शिक्षकले नै उसलाई शिक्षण गर्दछन । बच्चाको भविष्य कस्तो बनाउने, उसलाई कता डो¥याउने, कस्तो मानिस बनाउने जस्ता यावत् कुरामा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकले नै उसलाई ज्ञानको ज्योति प्रदान गर्नुका साथै असल मार्ग बताइदिन्छ । त्यसैले शिक्षकलाई व्यक्तिको पथ पर्दशक पनि भनिन्छ ।

मानिसले स्वतः शिक्षकभन्दा ठूलो अरू कसैलाई पनि देखेको हुँदैन । आफ्नो लक्ष्य हासिल गर्न, सफल मानिस वा असफल मानिस, यी दुबैले शिक्षकलाई नै सम्झिन्छन् । सफल मानिसले शिक्षकको राम्रो शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणाको कारणबाट आफू सफल भएकोले शिक्षकलाई बारम्बार सम्झन्छन । सम्मान गर्दछन । असफल वा जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको मानिसले पनि शिक्षकको शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणालाई आत्मसात गर्न नसकेर आफू असफल भएकोले शिक्षकलाई बारम्बार सम्झिने गर्दछन । यस्ता मानिसहरू शिक्षकको त्यतिबेलाको मार्गदर्शन जुन अत्यन्तै महत्वपूर्ण थियो, त्यसलाई सम्झेर धेरै पछुताउनुको साथै दुःिखत हुन्छन् । आफ्नो लक्ष्य हासिल गर्न सकेका मानिस सुखी हुन्छन भने लक्ष्य हासिल गर्न नसकेका मानिस दुःखी हुन्छन । समाजका सुखी तथा दुःखी दुवै तप्काका मानिसले शिक्षकलाई बारम्बार सम्झन्छन । हामीलाई थाहै छ शिक्षकले विद्यार्थीलाई पढाउने तथा सिकाउने गर्दछन । विद्यार्थीलाई सक्षम बनाउन अहोरात्र खटिरहन्छन । त्यसैले शिक्षकले अँगाल्ने शिक्षण पेशा अत्यन्तै मर्यादित पेशा हो । यो पेशा यस्तो पेशा हो यसले सबै पेशालाई जन्माउँछ । त्यसैले शिक्षण पेशालाई अरू सम्पूर्ण पेशाहरूको स्रोत भन्दा फरक नपर्ला । तर, हाम्रो समाजमा यो पेशालाई पेशा नै नमान्ने चलन छ । छोराछोरीको भबिष्य बनाउने शिक्षक हो भन्ने जान्दाजान्दै पनि अभिभावकहरू ऋाफ्ना छोराछोरीलाई समाजको पथ प्रदर्शक शिक्षक बनाउन चाहँदैनन् । अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरूमा शिक्षकलाई सबैभन्दा माथिल्लो दर्जा दिइन्छ किनकि ती राष्ट्रले शिक्षकको भूमिकालाई राम्रोसंग बुझेका छन् । तर, शिक्षकको सम्मान गर्ने हेतुले गुरूपुर्णिमा मनाउने हाम्रो देश नेपालमा शिक्षण पेशालाई भने राम्रो नजरले हेरिदैन । यो कटुु सत्य हो । नेपाली समाजलाई मसिनो गरी नियाल्दा शिक्षण पेशालाई त्यति महत्व दिइदैन वा त्यति राम्रो मानिदैन भन्दा अन्यथा नहोला । हाम्रो समाजले संसारकै पवित्र पेशा शिक्षण पेशालाई उपेक्षा गर्नुका कारण यस प्रकार छन् ।

पहिलो कारणः शिक्षकहरू स्वयं हुन् । उनीहरू समाजका अन्य पेशामा संलग्न मानिसहरूसंग आफ्नो तुलना गर्दछन । उनीहरूको आर्थिक अवस्था, समाजले दिने सम्मान, समाजले आफूलाई हेर्ने दृष्टिकोण अरू पेशामा संलग्न मानिसको भन्दा धेरै फरक पाउँछन् । त्यसकारण त्यस्ता शिक्षकहरू आफ्नो पेशाबाट सन्तुष्ट हँुदैनन् र आफ्ना सन्ततिहरूलाई शिक्षक बन्नु हुदैन भन्ने सुझाव दिन्छन् । यसरी शिक्षकले नै आफ्नो पेशा राम्रो होइन भनेपछि समाजले राम्रो दृष्टिकोणले हेर्ने कुरै भएन । त्यसैले शिक्षण पेशा सबैभन्दा उत्तम पेशा हो, यो पेशालाई अन्य पेशासंग तुलना गर्नु मिल्दैन र यस्तो प्रतिष्ठित पेशालाई पैसासंग तुलना गर्न हुदैन भन्ने कुरा शिक्षक स्वयंले बुझेर आत्मसात गर्न जरुरी देखिन्छ ।

दोस्रो कारणः हाम्रो देशका नीति निर्माताहरू, विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरू जो प्रायः शिक्षण पेशाबाट नै आएका छन, उनीहरूले शिक्षण पेशालाई सम्मानित तथा प्रतिष्ठित पेशाको दर्जा दिने किसिमको नीति निर्माण गर्न सकेका छैनन् । यतिसम्मकी नेपालको शैक्षिक प्रणालीमा माध्यमिक शिक्षा परीक्षामा सफल विद्यार्थीमध्ये जसले तल्लो ग्रेड ल्याएका हुन्छन ती विद्यार्थीले बिज्ञान, ब्यवस्थापन आदि संकाय पढ्न पाउदैनन् । तर, तिनीहरूले शिक्षा संकायमा सजिलैसँग भर्ना हुन पाउँछन र तिनै बिद्यार्थीहरू भविष्यका शिक्षक हुने पक्का लाइसेन्स पाउँछन, जसबाट समाजले योग्य शिक्षक पाउँदैन । त्यसकारण पनि समाजले यो पेशालाई राम्रो दृष्टिले हेरेको छैन ।

तेस्रो कारणः नेपालका पढेलेखेका युवाहरू निजामती सेवामा बढी आकर्षित देखिन्छन् । किनभने निजामती सेवामा उनीहरू बढी सुविधा देख्छन् । यसले गर्दा आफ्नो जीवन सुरक्षित भएको महसुस गर्दछन् । जुन सुविधा शिक्षण पेशामा नेपाल सरकारले व्यवस्था गरेको छैन । कटु सत्य होला, निजामती सेवामा अतिरिक्त लाभको मोह छ । जसले गर्दा सबै त्यतै झुम्मिन्छन् । नेपालमा शिक्षकले मासिक तलबमात्र पाउँछन् । अरू केही पाउंदैनन् जसले गर्दा पनि शिक्षण पेशालाई राम्रो नजरले हेरिदैन ।

चौथो कारणः समाजका सफल व्यक्तिहरू जस्तो– डाक्टर, इन्जिनियर, शिक्षक, नेता, उद्यमी, पत्रकार आदि आफ्नो गुरुलाई सम्मान गर्दछन, गुरुले देखाएको बाटो हिड्न खोज्छन् तर आफ्ना सन्ततिलाई शिक्षण पेशाभन्दा अरू पेशामा संलग्न हुन प्रेरित गर्दछन । यसरी समाजका सफल व्यक्तिहरू जो शिक्षकलाई सम्मान गर्दछन तिनीहरू नै यो पेशाप्रति सन्तुष्ट नहुनु पनि नेपाली समाजमा शिक्षण पेशालाई नराम्रो मानिने अर्को कारण हो । अरू विभिन्न कराणहरू पनि छन् जसले गर्दा नेपाली समाजमा शिक्षण पेशा एक सम्मानित पेशाको रूपमा स्थापित हुन सकेको छैन । शिक्षक समाजको मार्गदर्शक भएकोले, शिक्षण पेशाले नै अरू पेशा जन्माउने भएकोले यो पेशालाई एक मर्यादित तथा सम्मानित पेशामा स्थापित गराउनको लागि सम्बान्धित निकायहरू यस बारेमा सचेत भई त्यही अनुरूपका ऐन, नियम, विनियम बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?