© २०२३
कपिलवस्तु, ११ मंसिर
कपिलवस्तु प्रहरीले सोमबार राति भारतबाट नेपालतर्फ गैरकानूनी रुपमा प्रवेश गरेका दुई चिनिया नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ घिराउजोतमा नेपाल प्रहरीको र सशस्त्र प्रहरीको टोलीले संयुक्त गस्ती गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सिमाबाट नेपालतर्फ गैरकानूनी रुपमा भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ बर्षिय अरबाज शेषले गाईड गरी ल्याउँदै गरेका ३२ बर्षीय चिनिया नागरिक लिगुवानगुई र अर्का चिनिया नागरिक ३५ बर्षका छिट्टो गरी तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले लिगुवान गुईको साथमा चिनिया पासपोर्ट रहेको तर छिट्टो सँग चिनिया पासपोर्ट नभएको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ल्यापटप २ थान, विभिन्न कम्पनीका ६ थान मोबाईलसँगै भारतीय नगद १४ हजार ७ सय ५० रुपैयाँ बरामद गरेको छ । गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक र उनका भारतीय गाईडलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी