© २०२३
पाल्पा, ११ मंसिर ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), पाल्पाको १० औं साधारण सभा तथा ५ औं अधिवेशनबाट आगामी नेतृत्वको लागि सुदिप पौडेल निर्वाचित भएका छन् । संस्थामा ३ वर्षदेखि क्रियासिल पौडेल रिब्दीकोट गाउँपालिकाको सूचना प्रविधि अधिकृत हुन् ।
सात सदस्यीय कार्यसमितिको निवर्तमान अध्यक्षमा थमन सारु, उपाध्यक्षमा रोशनी बज्राचार्य, सचिव सुनिता अधिकारी, कोषाध्यक्ष गोपाल गैरे, सहसचिव सुनिता पन्थी अधिकारी र राधिका घिमिरे छन् ।
क्यान महासंघ केन्द्रका निवर्तमान अध्यक्ष नवराज कुँवरले साधारण सभाको उद्घाटन गरेका थिए । उनले क्यान पाल्पाले निरन्तर काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै सदस्यता वृद्धिसँगै सूचना प्रविधिसँग सम्बन्धित गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
समारोहमा क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनालले क्यान महासंघ पाल्पाको इतिहास लुम्बिनी प्रदेश र केन्द्रमा राम्रो रहेको भन्दै थप सक्रियताको लागि सहकार्य रहने बताएका थिए । संस्थाका अध्यक्ष अध्यक्ष थमन बहादुर सारुले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता अधिकारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।