ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

हिंसाका घटनामा आएन कमी

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

प्यूठान, १२ मंसिर ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि मनाउन थालेको धेरै वर्ष भइसकेको छ । अभियान अन्तर्गत स्थानीय तहहरूले वडातहमै कार्यक्रम बनाउँदै आएपनि जिल्लामा महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । प्रत्येक वर्ष एक नारा सहित हिंसा विरुद्धको अभियानका नाममा बजेट सकिएपनि हिंसाका घटनाहरू घट्न छाडेका छैनन् ।

प्यूठानमा पछिल्लो तीन वर्षमा १ सय १२ वटा घरेलु हिंसाका घटनाहरू घटेको प्रहरीको तथ्यांक छ । प्रहरीको तथ्यांकले लैंगिक हिंसाका घटनामा समेत वृद्धि हुँदै गएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार चालु आ.व.को चार महिनामा १३ वटा घरेलु हिंसाका घटनाहरू घटेका छन् । सो तथ्यांक अनुसार जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको देखिएको छ ।

आ.व. २०७९/०८० मा ४६ वटा घरेलु हिंसाका घटना घटेकोमा आ.व. २०८०/०८१ मा बढेर ५३ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । यी दुई वर्षमा घटेका घटनाहरू मध्ये सम्बन्धित निकाय गएको सङ्ख्या ४ र ७ वटा अदालतमा गएका छन् ।
जिल्लाका महिलाहरू छिमेकीबाटै हिंसामा पर्ने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मात्रै ५ जनाले छिमेकीबाट हिंसा खेप्नु परेको थियो । सबै घटनाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ । आ.व. २०७९/०८० मा ८ जना छिमेकी र ४ जना सामाजिक रूपमा पीडित थिए । आ.व. २०८०/०८१ मा बढेर छिमेकीबाट हिंसामा परेका महिलाको १५ जना पुगेको थियो । त्यसै आ.व.मा ३ जनाले सामाजिक रूपमा हिंसा भएको भनि मुद्धा प्रहरीमा दर्ता गराएका थिए ।

पछिल्ला दिनमा घट्नामा बृद्धि हुनुमा जनसंख्या बृद्धि र उजुरी दिन पीडितहरू प्रहरीसम्म आउने वातावरण मिलेकोले घटना बृद्धि भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले बताए । अभियानसंगै प्रहरीले समय समयमा चेतनामूलक कार्यक्रमहरू गर्दै आएको जनाएको छ । ‘हाम्रा कार्यक्रम केही प्रभावकारी भएका छन्’ प्रहरी प्रमुख बस्यालले भने,‘प्रहरीसंगै सबै सरोकारवालाहरूको सहयोग विना हिंसाका घट्नामा कमी आउन सक्दैन् ।’ उनले १६ दिने अभियानलाई बस्ती स्तरमा पुगेर बालबिबाह, बहुविबाह, घरेलु हिंसा, लागु औषध दुव्र्यसनी लगायतका विषयमा प्रहरी निरीक्षक निरञ्जन रिजालको नेतृत्वमा कार्यक्रमहरू शुरु गरिएको जानकारी दिए ।

वर्षेनी अभियानका रूपमा कार्यक्रमहरू सञ्चालन भएपनि अशिक्षा, वेरोजगारी, गरिवी लगायतका कारण जिल्लामा सामाजिक अपराध जन्य घटनाहरूमा कमी नआएको जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मीले बताइन् । ‘समाजका उर्जावान युवाहरू, महिलाहरू उत्पादनशिल क्षेत्रमा लगाइ आयआर्जनमा जोड्ने काम हुन सकेन’ रेग्मीले भनिन्,‘बेराजगार भएपछि नकारात्मक कर्महरू भए, हिंसा, आत्महत्या, बालबिबाह पनि त्यसैको उपज बन्यो ।’ रेग्मीले अभियानलाई बस्ती स्तरमा र नागरिकहरूलाई आर्थिक आर्जनको क्षेत्रमा जोड्नु पर्ने पहिलो आवश्यकता रहेको जिकिर गरिन ।

हिंसाका घटना हुन नदिन स्थानीयहरूले प्रत्येक वर्ष प्रतिवद्धता गर्ने गरेका छन् । तर प्रतिवद्धतालाई कार्यान्वयन गर्न नसक्दा पनि लैंगिक हिसा, घरेलु हिंसा जस्ता दुव्र्यवहार भोग्न महिलाहरू बाध्य हुनुपरेको गुनासो आइरहेको छ । हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले बताए । उनले घटनामा कमी ल्याउन र महिलाहरूको पहुँचमा वृद्धि गर्न गाउँपालिकाले प्राथमिकता दिएको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission