ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
झलकमानको स्मृति दिवस

लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

‘आमाले सोध्लिन् नि खोई छोरा भन्लिन्’ लगायत असंख्य गीतका सर्जक झलकमान गन्धर्वको स्मृति दिवस उनको जन्मघर गण्डकी प्रदेशमा मनाइएको छ । कुनै बेला हरेक नेपालीको घर घरमा र हरेकको बोलीमा झुण्डिएको झलकमानको आमाले सोध्लिन नि खोइ छोरा भन्लिन भन्ने गीत यतिबेला ओझेलमा परेको छ । उनको गीतलाई पनि सञ्चार क्षेत्रमा आएको आमूल परिवर्तनले निलिसकेको छ । मोबाईल र इण्टरनेटको जमाना नहुँदा र नेपालीहरू कामको खोजीमा मुग्लान पस्दा अनि नेपालीहरू लडाईमा पर्दा उनको गीत नसुन्ने सायदै कोही थिए । आजभन्दा २० बर्ष अगाडीसम्म सञ्चारको एकमात्र सहारा चिठीपत्र मात्रै थियो । छोरा मुग्लान गएको बेला अथवा लडाईमा परेको बेला यो गीत हरेक व्यक्तिको मन मस्तिष्कमा बसेको थियो । गीतबाट भावविहोर नहुने सायदै कोही थिए । केही दिनअघि त्यही गीतका सर्जक झलकमान गन्धर्वको स्मृति दिवस मनाईएको छ । झलकमान नेपालको गीति क्षेत्रका कहिल्यै नअस्ताउने तारा वनेका छन । बिक्रमसम्बत १९९२ वैशाख १२ गते पोखराको बाटुलेचौरमा जन्मिनुभएका झलकमानको २०६० मङ्सिर ६ गते निधन भएको थियो । कर्खा, माँगल गाउँदै हिँड्ने गन्धर्वहरू अहिले हम्मेसी देखिँदैनन्, बरु गैर गन्धर्वले सारङ्गी सिक्न थालेका छन् । गन्धर्ब पेशा लोप हुन थालिसकेको छ । सारंगी देख्ने वित्तिकै झलकमानको याद आउनु स्वाभाविक छ । तर, अहिले झलकमानको गीत ओझेलमा परेसंगै गन्धर्ब पेशा समेत लोप हुनु चिन्ताको बिषय हो । पछिल्लो समय गन्धर्ब पेशाबाट रोजीरोटी चल्न छोडेपछि बैकल्पिक पेशा अपनाउन गन्धर्बहरू बाध्य भैरहेका छन । कोही वैदेशिक रोजगारीमा गएका छन् भने धेरैले मजदुरी र अरू काम गर्न थालेका छन् । झलकमानले गाएका सयौँ गीतमध्ये सबैभन्दा चर्चित गीत थियो– “आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ।’ सारङ्गी र अर्बाजोमा गाइएको यो गीतले यस्तो लोकप्रियता हासिल ग¥यो कि गन्धर्वलाई नै परिचित गराउने माध्यम बन्यो । यो गीतको संयोग पनि अनौठो छ । २०२३ सालमा ‘आत्मा बेचेको छैन’ नाटकमा यो गीत राखिएको थियो । मञ्चनका दिन पहिले गाउने तय गरिएका दुर्गाबहादुर मिजार बिरामी परेपछि छोरा झलकमानले बाकै जसरी यो गीत अर्बाजोको लयमा सारङ्गी रेट्दै सुनाउनुभएको थियो । त्यसपछि झलकमान चर्चाको शिखरमा पुग्नुभयो ।

दुःखको कुरा अव गाउँघरमा सारंगीको धुन सुन्नै छाडिएको छ । एउटा जिल्लाको घटना अर्को जिल्लामा सुनाउँदै जनताको मन मस्तिष्कमा बस्ने गन्धर्बहरू नै लोप हुने अवस्था आएको छ । गन्धर्ब पेशा अव एकादेशको कथा हुने अवस्था वनिसकेको छ । सरकारले पनि गीत सुनाएरै जीवन चलाउने गन्धर्वलाई सम्मानित जीवनयापनको वातावरण बनाउनेतिर प्रयास गरेन । गन्धर्बलाई सधै हेयको दृष्टिले हेरियो । एकाधले सारङ्गी, अर्बाजो सिकेर स्टेज, कार्यक्रमतिर काम पाएपनि गन्धर्वको अवस्था नाजुक छ । उनीहरूले जीवन चलाउन अव बैकल्पिक पेशा अपनाउनुपर्ने बाध्यता छ । अहिले गन्धर्बको बसोबास कास्की जिल्लामा सीमित भएको छ । कास्कीमा करिब एक हजार गन्धर्वको बसोबास छ । झलकमान गन्धर्वको स्मृतिमा सारङ्गी सङ्गीत पाठशाला स्थापना भएको छ । पाठशालाबाट पाँच सयभन्दा बढीले सारङ्गी सिकेका छन । झलकमानको स्मृति दिवस मनाईरहँदा उनले गीत संगीत क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्नेतर्फ सरकारको ध्यान जाओस् । समाजको हेय दृष्टिकोण र आर्थिक कारणले गन्धर्वले परम्परागत पेसा छाड्न थालेको अवस्थामा उनीहरूको पेशा संरक्षण गर्नेतर्फ राज्यले ध्यान दिनुपर्दछ । गन्धर्ब पेशाबाट नयाँ पुस्ता बिमुख हुँदैछ किनभने पहिलेजस्तो सधैँ मागेर खान अहिलेको पुस्ता चाहँदैन, केही नयाँ गर्न चाहन्छ । गन्धर्ब जातिको पुरानो मौलिक कला र पेशा संरक्षण गर्नेतर्फ युवाहरू अग्रसर भएको अवस्थामा राज्य र समाजले संरक्षण गर्नुपर्दछ । अवको दिनमा झलकमानले गाएका गीत संरक्षण गर्नेतर्फ राज्यले ध्यान देओस् । गन्धर्ब पेशाको संरक्षणको दायित्व राज्यले लिनुपर्छ । झलकमानको योगदान पछिल्लो पुस्तालाई चिनाउनु पर्छ । गन्धर्व संस्कृति जोगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?