© २०२३
काठमाडौं, मंसिर १२ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयरमा बुधबार (आज) देखि आवेदन दिन सकिनेछ । एलआइसीको ८८.४५ प्रतिशत हकप्रद सेयरमा आजदेखी आवेदन दिन सकिने कम्पनिले जानकारी गराएको हो ।उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई
मर्चेन्ट बैंकिङ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी