© २०२३
बुटवल, ११ मंसिर ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दीप बोडीङ्ग हाई स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अभिभावक अगाडि आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका छन् ।
सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ७ का १ सय ६४ जना विद्यार्थीहरूले गीत, गजल, नृत्य, भाषणा, तेक्वान्दो, चित्रकला, वाक कला लगायतका प्रस्तुती समेती दिएका हुन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले विद्यालय स्तरमा आयोजना हुने प्रतिभा पहिचान तथा प्रफुटन कार्यक्रमले साँच्चै नै अभिभावकहरूले आफ्नो बालबालिकाहरूको प्रतिभा चिन्नको लागि समेत सहयोग हुने बताएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक टिकाराम न्यौपानले किताबी ज्ञान भन्दा पनि वाहिर ज्ञान विद्यार्थीहरूमा हुन आवश्यक रहेको भन्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले विद्यार्थीहरूमा भएको अन्तरनिहित प्रतिभालाई वाहिर प्रफुटन गर्नको लागि यी यस्तो प्रकृतिका कार्यक्रम आवश्यक रहेको समेत बताएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोजु, उपाध्यक्ष उमाकान्त चापागाई लगायतको सहभागीता रहेको थियो । प्रतिभा प्रस्फुटन गर्ने विद्यार्थीहरू मध्ये उत्कृष्टलाई पहिचान गरी विद्यालयको बार्षिक उत्सव लगायतका कार्यक्रममा पुरस्कार तथा सम्मान गरिने समेत विद्यालयले जनाएको छ ।