ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

कर्णालीमा ५२ प्रतिशत बालविवाह

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

सुर्खेत, १२ मंसिर ।

कर्णाली प्रदेशमा ५२ प्रतिशत बाल विवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बाल विवाह न्यूनिकरणको सवालमा काम गर्दै आएका कर्णालीस्थित संस्थाहरुले आयोजना गरेको बालविवाह रोकथामका लागि अगुवाको भूमिका विषयक कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । बालकको तुलनामा बालिकाहरु नै बढी बालविवाह गर्ने गरेको पाइएको छ । तथ्यांक अनुसार बालक २५ प्रतिशत र बालिका ५२ प्रतिशत बालविवाह हुने गरेको छ । सरकार र विभिन्न गैरसरकारी संस्थाले बालविवाह रोकथामका लागि अभियानहरु सञ्चालन गरे पनि उपलब्धि भने सोही अनुसार नदेखिएको सरोकारवालाहरु बताउँछन् ।

बालविवाह न्यूनीकरणमा सरकारी तथा गैरसरकारी निकायबाट लगानी धेरै भएपनि सो अनुपातमा उपलब्धि न्यून देखिएको देखिएको छ । बालविवाह विगतको भन्दा बढेको र यसको रोकथामका लागि गरिएको लगानी अनुसारको उपलब्धि नदेखिएको गुनासो उनीहरुको छ ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीको बालविवाहको अवस्थामा लगानी अनुसारको सुधार हुन नसक्दा चिन्ताको विषय बनेको उल्लेख गरे । विगतको बालविवाह अभिभावकले गर्ने गरेको बताउँदै अहिले भने आपूm खुसी भागेर हुने गरेकोले सचेतनाको आवश्यकता देखिएको उनले बताए । बालविवाहले सम्बन्ध विच्छेद बढेको, मानसिक विचलन बढाएको, पारिवारिक विखण्डन गराएको, स्वास्थ्य, आर्थिक र शैक्षिक क्षेत्रमा ठुलो क्षति बढाएको पाइएको उनको भनाई छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बालविवाह न्यूनीकरण गर्न कडा कानुनको आवश्यकता भएको बताएका छन् । त्यसका लागि आयोगले काम गरिरहेको जानकारी दिए । बालविवाह रोकथाममा रोजगारका कार्यक्रममा ल्याउनुपर्ने, उमेर नपुगी विवाह गर्ने घरपरिवारलाई राज्यले दिने सेवा सुविधाबाट वञ्चित गर्ने, विद्यालयमा अध्ययन गर्न नदिने, सरकारी सेवामा प्रवेशलाई रोक लगाउने लगायतका कार्यक्रम सञ्चालन गरेमा बालविवाह न्यूनीकरण गर्न सम्भव हुने जनाइएको छ ।

५२ प्रतिशत बालविवाह हुने गरेको कर्णालीमा स्थानीय तह र वडा तहदेखि सचेतनाका कार्यक्रम व्यापक गर्नुपर्ने सुझाव उनले दिए । स्थानीय तहले स्थानीय पाठ्यक्रममा बालविवाह र यसको असर, कानुनी ज्ञानका बारेमा उल्लेख गर्नुपर्ने उनको भनाई थियो । उनले स्थानीय सरकारले बालविवाह रोकथामलाई बढी प्राथमिकता दिनुपर्ने बताए ।

बाल अभियन्ता चुँडामणि शर्माले बालविवाहलाई कानुनले नै अपराध माने पनि समाजले कायमै राखेको जनाए । जसले गर्दाँ यसको न्युनिकरणमा चुनौती देखिएको औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?