ट्रेंडिंग:

>> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने

नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

बर्दिया, ११ मंसिर ।
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ । सबैलाई हतार छ । घरको काम सकेर कर्णाली नदी पुग्छ । नदीबाट सुन झिक्नु छ । र, आफ्नो परिवारको जीवन चलाउनु छ । आर्थिक आयआर्जन गर्नु छ । यो गेरुवा गाउँपालिका –२, राजीपुरको दैनिकी हो । त्यहीँ बस्छन ४० वर्षीय भागीराम सोनाहा । बिहानको घरको काम सकिएपछि दिनभर नदीबाट सुन झिक्ने काम गर्छन ।

नदी जाँदा उनको साथमा सुन चाल्न जाँदा प्रयोग हुने (डुडी, सनौटा, छबना, ओधान, घाना, खारिया जाख साँची) हुन्छ । यस्तै साम्रागी बोकेर गाउँका अन्य सोनाहा पनि सुन खोज्न जाने गर्छन् । गाउँका अधिकांश सोनाहाहरूको काम सुन निकाल्ने भएको स्थानीय भागीराम सोनाहाले जानकारी दिए । उनले भने ‘घरको काम सकिए पछि खाना लिएर नदी तिरै जान्छौँ । महिलाहरू सुन चाल्ने गर्छन् भने पुरुषहरू माछा मार्नुका साथै सुन चाल्ने काममा महिलाहरूलाई सहयोग गर्छन् ।’ आर्थिक अवस्था कमजोर भएकोले सानो उमेरदेखि कमैया भएर बसेको तिनको भनाइ छ । सरकारले कमैया मुक्त घोषणा गरेपछि कमाउन भारतका विभिन्न ठाउँमा जाने गर्छन् यहाँका स्थानीय । जहाँ भएपनि दुःख उस्तै रहेको सोनाहाको भोगाइ रहेको छ । उनले भने – ‘विवाह गरेपछि पति पत्नी भएर सुन चाल्ने पेशालाई निरन्तरता दिएका छौँ । कहिलेकाहीँ राम्रैसँग सुन पाइन्छ । राम्रै आम्दानी हुन्छ । तर सुन चाल्न जाँदा केही केही सुन पाइन्छ । कहिले थोरै हुन्छ भने कहिले धेरै हुन्छ ।’ सोनाहा जातिले पूर्खाबाट यो पेशा सिकेका हुन् । त्यसकारण अहिले पनि ९० प्रतिशत सोनाहाहरू सुन चाल्ने पेशामा छन् । आम रूपमा सोनाहा र थारु जाति एउटै हो भन्ने बुझाइ रहेको छ । तर भाषा, रीतिरिवाज, संस्कार परम्पराले सोनाहा थारु जाती फरक रहेको उनले बताए । उनले भने– ‘नागपञ्चमीको दिनलाई हामी मुख्य पर्व रूपमा मनाउने गर्छौ । जसलाई गुरिया भनिन्छ । बाजेहरूको पालामा सोनाहा जातिमा कसैको मृत्यु भएमा बग्ने नदीमा लगेर गाड्ने चलन थियो । तर सो चलन परिवर्तन भएर जलाउने र गाड्ने गरिएको छ ।’ नदी उत्खननले पुर्खौली पेशा सङ्कटमा आईसकेको छ ।

जथाभावी नदी उत्खनन्ले पुर्खौली पेशा सङ्कटमा पर्दै गएको सोहाना जातिको बुझाई रहेको छ । पहिला जस्तो सजिलै सुन पाउने छोडेको गेरुवा गाउँपालिका–२, राजीपुरका स्थानीय पल्टी थारुले बताईन् उनी भन्छिन– ‘पहिला कर्णाली नदी गेरुवा र कर्णाली भएर बग्ने गथ्र्याै । गेरुवा नदी मध्यवर्ती क्षेत्र भएकोले नदीको गिट्टी बालुवा झिक्न पाइँदैन । तर कर्णाली नदीका प्रत्येक वर्ष जेसिभि लगाएर नदी उत्खनन् गर्दा नदीको सतहको गहिराइ बढेको छ । जसका नदीमा सुन पाउन निकै मुस्किल हुने गरेको छ । वर्षेनी आउने बाढीको कारण बस्ती जोखिममा रहेको छ ।’ सोनाहाहरूले जानेको बुझेको गर्दै आएको काम भनेको सुन चाल्ने र माछा मार्ने काम हो । तर पछिल्लो समयमा सोनाहाहरूकै पेशा सङ्कटमा परेको छ । जसले गर्दै सोनाहा जातिले गर्दै आएको पेशा सङ्कट पर्दै गएपछि जीविकोपार्जनमा समेत असर देखिएको छ । पल्टी थारु भनिन्– ‘सोनाहाले नदीमा काम गर्दै नदीको जीवन बिताए, जसका कारण अन्य पेशा तिर खासै ध्यान गएन । र अन्य काम गर्ने सीपको पनि विकास गएन । तर अहिले नदी उत्खनन्ले गर्दा पहिला जस्तो सुन पाइँदैन । जसले गर्दा हाम्रो पेशा नै सङ्कटमा परेको छ ।

अन्य काम गर्न खासै नआउँदा जीवन नै सङ्कटमा परेको छ । अमरशहीद बहुमुखी क्याम्पस राजापुरका क्याम्पस प्रमुख अनिलदत्त चौधरीले बर्दिया, कैलाली र कञ्चनपुरमा गरी २ सय ५९ घरधुरी रहेको जानकारी दिए । उनले तीन जिल्लामा गरी १ हजार २ सय सोनाहा जाति रहेको जानकारी दिए । उनले भने – ‘सोनाहा जातिको बारेमा २०७५ सालमा गरिएको स्थलगत अध्ययन अनुसार १ कक्षादेखि ८ कक्षासम्म पढ्ने ३ सय १९ जना, ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने ९३ जना र १२ कक्षाभन्दा माथि पढ्ने ११ रहेका थिए । त्यसैगरी सरकारी जागिर खाने २३ जना र वैदेशिक रोजगारीमा रहेको २७ जना थिए । यसमा केही संख्या थपिएको हुन सक्छ ।’

सोनाहाहरूको बालबालिका ६ कक्षाबाट माथि १० पुग्ने बेलासम्म विद्यालय छोड्ने दर बढी रहेको राजापुर नगरपालिका–१, सोनपुरस्थित कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक बीरबल चौधरीले बताए । उनले भने – ‘बुबाआमा जीविकोपार्जन गर्नका लागि नदीमा निर्भर छन् । जसका कारण आफ्ना बालबालिका विद्यालय गएको नगएको अभिभावकलाई जानकारी हुँदैन । अभिभावक सचेत नभएकोले पनि बालबालिकाहरू विद्यालय छोड्नेहरू बढी छन । विद्यालयमा पढ्न पठाउनु पर्छ भनी अभिभावकलाई सचेत गराउन जरुरी रहेको छ ।’

बर्दियामा १ सय ७० घरधुरी सोनाहाहरूको रहे पनि २९ घरधुरी मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छन् । सोनाहा विकास समितिका अनुसार राजापुर नगरपालिकामा ६८ घरधुरी, गेरुवा गाउँपालिकामा १ सय घरधुरी र मधुवन नगरपालिकामा दुई घरधुरी रहेका छन् । स्वास्थ्य बिमा बोर्डका अनुसार राजापुर नगरपालिकामा ६ घरधुरी र गेरुवा गाउँपालिकामा २३ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । त्यस्तै नौ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा रहेको छ ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले अस्थायी संरचना भएका सोनाहाहरूको लागि स्थानीय तह र सङ्घीय सरकारको अनुदानमा करिब १ सय घर निर्माण गरिदिएको बताए । उनले गेरुवा गाउँपालिका–१, २, ३ र ६ मा सोहानाहरूको लागि घर निर्माण गरिएको जानकारी दिए । उनले भने – ‘२०७४ सालमा कार्यपालिकाको बैठकले सोनाहा लोपान्मुख जाती भएकोले सोनाहाहरूलाई लोपोन्मुख जातीमा समावेश गर्नुपर्ने निर्णय गरी नेपाल सरकारसँग लोपोन्मुख जातीको सूचीमा समावेश गर्न माग गरी पठाएको थियौँ । तर नेपाल सरकारले अझै पनि सोनाहाहरूलाई लोपोन्मुख जातिको सूचिका समावेश गरेको छैन ।’ सोनाहाहरूले सञ्चालन गर्ने कार्यक्रममा स्थानीय तहले सहयोग गर्दै आएको समेत अध्यक्ष केसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?