ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

बुटवल, ११ मंसिर ।

कोटइमाई गाउँपालिकाले किसानको लागि निःशुल्क विद्युत उपलब्ध गराउने योजना अगाडि बढाएको छ । गाउँपालिका भित्रका किसानलाई निःशुल्क विद्युत आपूर्ति गर्ने योजना रहेको पालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण संगको लागत साझेदारीमा विद्युतीकरण परियोजना सुरुवात भएको छ । पालिका सँग भएको सम्झौता अनुसार ४० वटा विद्युतीय ट्रान्सभिटर जडानका काम सकिएका छन् । यस्तै दोस्रो चरणमा थप ४० वटा ट्रान्समिटर जडान गरिने योजना रहेको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण शाखाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पहिलो चरणमा वडा नम्बर १, २ र ३ को केही क्षेत्रमा तारपोल व्यवस्थापनको काम सुरु गरेको हो । यो योजनाले कृषकलाई सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने बताए । यसले उत्पादन लागत घट्ने र कृषकको उत्पादन क्षमता वृद्धि हुने अपेक्षा राखिएको बताए ।’ सिँचाइमा खपत हुने विद्युत् गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा कृषकको मनोबल उच्च हुने र खेतीपातीमा धेरै सुधार हुने उनले जनाए । पहिलो चरणमा वडा नम्बर १ लेखि ७ नम्बर वडाका सबै किसानलाई निःशुल्क बिजुली प्रदान गर्ने योजना रहेको अध्यक्ष त्रिपाठीले जानकारी दिए । उनका अनुसार सिंचाईं अभावको कारण किसानले खेतीपाती गर्न बाट बञ्चित भएको अवस्थामा पालिकाले प्रदान गर्ने निःशुल्क बिजुलीले ५ हजार हेक्टर भन्दा बढिमा खेती हुने अपेक्षा समेत लिइएको छ । उनी भन्छन्–‘सिंचाई अभावले बाँझो रहेको जग्गा अब बाँझो रहँदैन, किसानले बिजुली निःशुल्क पाउँछन्, सिंचाई बढ्छ, उत्पादन पनि बढ्छ ।’
नेपाल विद्यूत प्राधिरण र गाउँपालिकाको ५०÷५० लागत साझेदारीमा पुरा गर्न लागिएको यो परियोजन अन्र्तगत किसानले निःशुल्क विद्युत पाउने छन् । प्रदेशमा नै पहिलो पटक पालिका संगको साझेदारीमा यो कार्यक्रम सुरुवात गरिएको हो । विद्युत प्राधिकरणले ट्रान्समिटर राखीएको स्थानबाट विद्युत खपत भएको विवरण संकलन गरी त्यहाबाट नै विलिङ्ग गाउँपालिकाको नाममा गर्ने छ । यसरी पालिकाले किसानले उपभोग गरेको विद्यूत बापतको रकम तिर्ने योजना बनाएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ मा विद्युतीकरण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले बताउँछन् । गौड अनुसार यस कार्यको लागि १ करोड ५० लाख रूपैयाँ बजेट बिनियोजन भएको जानकारी दिए ।
कुल ७ करोडको परियोजनामा पहिलो चरणमा ३ करोड रूपैयाँ बराबरको काम अहिले जारी रहेको छ । जसमा अर्को चरणको काम पुरा गर्नको लागि छिट्टै टेन्डर आह्वान गरी काम सुरुवात गरिने योजना रहेको नेपाल विद्यूत प्राधिकरण भैरहवा वितरण शाखा प्रमुख सञ्जय मिश्रले जानकारी दिए । उनका अनुसार यो परियोजना लागू भएपछि ग्राहकको घर–घर गएर मिटिर रिडीङ्ग गर्ने पर्ने समस्या समेत अन्त्य हुने भएको छ । यस्तै विद्युत हुकीङ्ग हुने समस्या पनि समाधान हुने छ भने विद्यूत चुहावट समेत कम हुने अपेक्षा प्राधिरणले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?