ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी

एक दर्जन बढी सास्कृतिक कार्यक्रमहरुमार्फत दर्शकलाई नचाउने र हसाउने तयारीमा रहेको संयोजक निर्मित कसजुले बताए ।
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

बुटवल, ११ मंसिर। बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल –२०८१ मा सास्कृतिक उपसमिति बढिभन्दा दर्शक तान्ने गरि तयारी थालेको छ । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा पौष ३ देखि १८ गतेसम्म, बुटवल मण्डप आयोजना हुने मेलाको मुख्य आकर्षकको रुपमा मानिने सास्कृतिक कार्यक्रमलाई उत्कृष्ट र दर्शकको चाहाना अनुसारको मोडालिटिमा लग्ने सास्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले बताए । मंगलबार मेला सचिवालयमा बसेको बैठकबाट प्रतियोगितात्मक र कलाकारको प्रस्तुति गरि मुख्य दुई विधालाई विभिन्न संयोजकमार्फत जिम्मेवारी दिदै रचनात्मक बनाउने गरि लागेको उनले बताए ।

दिउँसो १२–३ बजेसम्म भजन/चुट्का, विद्यालयस्तरको सास्कृतिक नृत्य प्रतियोगिता, लोक दोहोरी यसैगरि दिउसो ३ बजेदेखि ५ बजेसम्म भ्वाईस अफ बुटवल, रयाप, बिबोईन्ग प्रतियोगिता, कबिता बाचन तथा ५ देखि ८ बजेसम्म हास्छ बुटवल, लोकल ब्याड, सास्कृतिक नृत्य, राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायत कार्यक्रम गर्ने गरि तयारी थालेको सहसंयोजक सुन श्रेष्ठले बताए । यसैगरि राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रकाश सपूत, शान्तिश्री परियार लगायतलाई ल्याउने उनले बताए । यसैगरि सामाजिक संजाललाई बढीभन्दा बढी उपयोग हुने गरि मेला अवधिभर टिकटक प्रतियोगिता समेत राखिएको उनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले सास्कृतिक फाट मेलाको महत्वपूर्ण हुने भन्दै दर्शकको माग अनुसारको मनोरन्जनात्मक र लोक संस्कृतिलाई टेवा दिने गरि कार्यक्रम गरिने बताए । मेला अवधिभर प्रत्येक दिन कलाकारहरुको प्रस्तुतिका साथै नया वर्षको दिन भने सुरक्षासंग समन्वय गरि रात्रिकालिन समयसम्म चलाउने गरि तयारी गरेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले यसपटक कलाकारहरुलाई ल्याउदा पारदर्शी बनाउने र कलाकारको प्रस्तुति अग्रिम नै जानकारी दिने गरि स्याडुल तयार गर्न लागेको बताए ।

कार्यक्रममा उपसमितिका सल्लाहकार प्रचण्ड जिसिले लोकदोहोरी प्रतियोगिता मुख्य आर्कषण रहने हुदा पनि उत्कृष्ट प्रदर्शन हुने गरि लाग्न सुझाव दिए ।

कार्यक्रममा उपसमितिका सदस्य गोपाल अधिकारीले समय ब्यवस्थापन चुनौतीका रुपमा रहने भन्दै दिउसो १२ बजे स्टेज शो शुरु गर्ने गरि तयारीमा लाग्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?