ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

सुनवल, ११ मंसिर ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना गरिएको लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सडक पुर्वाधार कार्यालय उद्घाटनको १५ दिन हुदा पनि सञ्चालनमा आउन सकेको छैन् । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको कार्यालयको गत कात्र्तिक २६ गते मन्त्री भुमिश्वर ढकालले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

उक्त कार्यालय नवलपरासीमा प्रदेश सरकार अन्र्तगतको कार्यक्रमको रूपमा स्वभाविक रूपमा स्थापना हुने भएपनि कार्यालय आफ्नो पहलमा आएको भन्दै जस लिन होडबाजी गर्ने नेता तथा जनप्रतिनिधि भने १५ दिन बितिसक्दा समेत कार्यालय संञ्चालनमा नआउदा बेखबर बनेका छन् । कार्यालयमा सामान्य फर्निचरको समेत व्यस्था नगरी बिना तयारी उद्घाटन गरिएको कार्यालय उद्घाटनको दिन देखिनै बन्द छ । बर्दघाट स्थापना हुने कि परासी भन्ने चर्चाका बिच जिल्ला समन्वय समितिको रामग्राम ४ महेसपुर रोडमा निर्माण हुदै गरेको भवनको तल्लो तलामा कार्यालय राखिएको छ । तर उक्त भवनमा हालसम्म विद्युत समेत जडान नभएका कारण कार्यालय सञ्चालन गर्न नसकिएको कर्मचारीहरूको भनाइ छ ।

अहिले सम्म मन्त्रालयले कार्यालय संञ्चालनका लागी आवश्यक खर्चको व्यवस्थापन, योजना विवरण उपलब्ध गराएको छैन् । कार्यालयको प्रमुख तोकिएका ईन्जिनियर हितेन्द्र रायमाझिले कार्यालय उद्घाटन भएपनि परासीमा बसेर काम गर्ने वातावरण नभएकाले रूपन्देहिमै रहेको कार्यालय मार्फत काम गरिरहेको बताए । कार्यालयलाई आवश्यक सामग्रीको पनि अभाव छ, फर्निचर पनि छैन्, विद्युत मिटर समेत जडान भएको छैन्, कसरी कार्यालय चलाउन सकिन्छ रायमाझीले भने ।

नवलपरासी बाहेक प्रदेशका सबै जिल्लामा यसअघिनै सडक पुर्वाधार कार्यालय स्थापना भइसकेको थियो, नवलपरासीको काम रूपन्देहि जिल्लाले हेर्दे आएकोमा जिल्लामै कार्यालय स्थापना भएपछि काममा सहज हुने अपेक्षा भएपनि उद्घाटनको हतारोले मात्र कार्यालय सञ्चालनमा आउन सकेको छैन् । विद्युत समेत व्यवस्था नभएको कार्यालयमा कार्यालय स्थापना गरि उद्घाटनको हतारो गर्नु सस्तो लोकप्रियता मात्रै भएको सर्वसाधारणको भनाई छ । जिल्लामा सडक र पुलको काम हेर्ने गरी कार्यालय स्थापना भएको हो तर ठेक्का लगाउने तथा सडक मर्मत सम्भार गर्नुपर्ने समयमै कार्यालय बन्द हुदा कर्मचारीलाई समेत काममा असहज भएको छ । कार्यालय सञ्चालनका लागि आठौं तहका एक इन्जिनियरसहित १३ जना कर्मचारीको दरबन्दी तोकिएको भएपनि अहिले ७ जना जति कर्मचारी बाट कार्यालय संञ्चालनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?