ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

घट्छ भन्दाभन्दै बढ्यो धान

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

गुल्मी, ११ मंसिर ।
गुल्मीमा यसपटक धान उत्पादनमा बृद्धि भएको छ । गत वर्ष जिल्लामा २४ हजार ४ सय २६ मेट्रिकटन धान उत्पादन भएकोमा यसपटक जिल्लामा धानको उत्पादनमा बृद्धि भई २५ हजार १ सय ४३ मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
गत वर्षको तुलानामा जिल्लामा धानको उत्पादनमा पाँच प्रतिशतले बृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिएका छन । जिल्लामा धान उत्पादनमा बृद्धि भएपनि धानको क्षेत्रफल भने यसपटक घटेको मरासिनीले बताए । गत वर्ष सात हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने यस पटक उक्त क्षेत्रफल घटेर सात हजार दुइ सय ८८ हेक्टरमा पुगेको छ ।
धानको उत्पादनमा बृद्धिहुनुमा समयमा बर्षा हुनु, कृषकले उन्नत तथा हाइब्रिड बीउको प्रयोग गर्नु, यान्त्रीकिकरणको प्रयोग र समयमा रासायनिक मलको उपलब्धता जस्ता कारणले यस पटक धानको उत्पादनमा बृद्धि भएको बताईएको छ । गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको बताए ।
जिल्लामा चैते धान तीन सय १९ हेक्टर र बर्खे धान छ हजार नौं सय ७९ हेक्टर गरि गरी कुल सात हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती गरिंदै आएको छ । यस वर्ष चैते धान एक हजार दुइ सय ८६ मेट्रिकटन र बर्खे धान २४ हजार ४३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी धान उत्पादनहुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रूपाकोट, लगायतका फाँटहरू रहेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटहरू धेरै धान खेती गरिने फाँट अन्तर्गत पर्दछन ।

जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेकोे छ । जसका कारण गत वर्ष गुल्मीमा पाँच करोड मूल्य बरावरको चामल आयात भएको ज्ञानकेन्द्रले जनाएको छ । सरदर एक जना व्यक्तिले वार्षिक रूपमा एक सय २८ केजी चामल खपत गर्ने हुँदा जिल्लामा १४ हजार पाँच सय मेट्रिकटन चामल आवश्यक पर्ने बताइएको छ ।

गुल्मी जिल्लामा हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सी लगायत बिभिन्न जातका धान उत्पादन गरिदैं आएको छ । उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान कृषकको रोजाइमा पर्ने गरेको छ । स्थानीय धानको भात खाँदा दिनभर भोक नलाने, आडिलो हुने र कतिपय चामल बास्नादार समेत हुने हुँदा यहाँका कृषकहरूले रैथाने धान उत्पादनमा निरन्तरता दिँदै आएका छन् । कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका बीउको संरक्षणमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?