ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

औपचारिकतामै सीमित उद्योग दिवस

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय उद्योग दिवस हरेक बर्षको नोभेम्बर २५ को दिन मनाउने गरिन्छ । यो बर्ष उद्योग दिवसका अवसरमा सरकारले संघीय राजधानीमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाउनुको औपचारिकता पूरा ग¥यो । यो दिवसमा जो जोडिनु पर्ने हो त्यो ठूलो समूहले दिवस मनाउनुको औपचारिकतासम्म पूरा गरेन । जेहोस सरकारले भएपनि उद्योग दिवस मनाएको छ र बर्षमा एकपटक भएपनि उद्योगीहरूको समस्याका बिषयमा मन्थन गरेको छ । उद्योग दिवसकै अवसरमा सरकारले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएको छ । यो खुसीको कुरा हो । तर, यसमा जोडिनेहरूले यो कार्यक्रमबाट कत्तिको लाभ पाउँछन त्यो भने हेर्न बाँकी छ । पछिल्लोसमय उद्योगीहरूले नेपाली उत्पादनको उपभोग बढाउन नसकेकामा चिन्ता प्रकट गर्दै आएका छन । नेपालमा उत्पादित वस्तु मेला, महोत्सव तथा प्रदर्शनीमा मात्र सिमीत बनेको उद्योगीहरूको गुनासो छ । सरकारी स्तरबाटै नेपाली उत्पादनको उपभोग बढाउनुपर्नेमा सरकारले समेत उद्योगीलाई संरक्षण गर्न सकेको छैन । सरकारले बर्षको एकपटक बजेट भाषणमार्फत नेपाली उद्योगले उत्पादन गरेको सामानको उपभोग गर्न आह्वान गर्दै आएको छ । त्यो पनि औपचारिकमै सीमित भैरहेको छ । सरकारी कार्यालयलाई नेपाली समान उपभोग गर्न सरकारले निर्देशन गरेपनि सरकार मातहतका निकायहरूबाट भने सरकारकै निर्देशन वेवास्ता गरेको देखिएको छ । जबसम्म नेपाली उद्योगले उत्पादन गरेको बस्तु वा सामान उपभोग नबढेसम्म बजार चलायमान हुन सक्दैन । बजार चलायमान नभैकन उद्योग फस्टाउन सक्दैन । एकातिर उद्योगीको मुलुकभित्रैबाट समस्या छ भने अर्कोतर्फ बाहिर मुलुकबाट आउने वस्तुको भन्सार दरभन्दा नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थको भन्सार महशुल बढी हुँदा नेपाली उद्योगी मर्कामा परेका छन । यो समस्याको सम्बोधन कसले गर्ने ? समस्या यहीँनिर छ ।
नेपालमा सरकारले उद्योगी र उद्यमीलाई प्रोत्साहन गर्न ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउने प्रयास गरेको । यो कार्यक्रमलाई सफल बनाउन नीजि क्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक छ । बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन सकियो भने उद्योगमैत्री वातावरणलाई अघि बढाउन सहयोग पुग्ने छ । यसतर्फ नेपाल सरकार र सम्बद्ध उद्योगीहरूले पनि कार्यक्रमलाई सफल रूपमा अघि बढाउन दवाव दिनु जरुरी छ । मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र नीजि क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको छ । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकारले नीजि क्षेत्रलाई साथमा लिएर अघि बढेको अवस्थामा मुलुकमा उद्योगमैत्री वातावरण निर्माण हुनसक्छ । यो बिषयमा सरकारको कृयाशीलता अपेक्षित छ । अहिले मुलुक आर्थिकरूपमा जर्जर बन्दै गएको छ । अधिकांश उद्योगहरू बन्द हुँदै गरेको अवस्था छ । उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको अवस्था छ । बजारमा कुनै चहलपहल छैन । उल्टो भएका बजार सुक्दै गएको अवस्था देखिएको । यस्तो बेला सरकारले उद्योग संरक्षणको नीति बनाउन ढिलाई गर्नु हुँदैन । सरकारले पूर्वाधार निर्माणमा गर्ने लगानी अहिले ठप्पजस्तै भएको बेला नीजि क्षेत्र र सरकारबीच सहकार्य भए निश्चितरूपमा समृद्धि टाढा छैन तर त्यसका लागि सरकारले वातावरण वनाईदिनु आवश्यक छ । सरकार उद्योग क्षेत्रमा रहेको समस्या समाधानमा अहिलेसम्म बाधक रहेका सबै कानुन संशोधन गर्न तयार हुनुपर्दछ । नीजि क्षेत्रले पनि लगानीमैत्री वातावरण बनाउनका लागि सरकारलाई दवाव दिनुपर्दछ । बिडम्वना के छ भने बन्द भएका रूग्ण उद्योग सञ्चालनका लागि सरकारले नीजि क्षेत्रको मन जित्नै सकेको छैन् । अवको दिनमा उद्योगीहरूलाई उद्योग संचालनको उचित वातावरण वनाईदिनेतर्फ सरकारको पहल आवश्यक छ । यो दिवसलाई केवल औपचारिकमात्रै नबनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission