ट्रेंडिंग:

>> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते

सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

काठमाडौं

आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ ।

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम अगाडी बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंक बिरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडी बढाउँने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

यसैगरी विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्ने आन्दोलनको अगुवाई आम विद्यार्थी मोर्चाले गर्नेछ । आम विद्यार्थी मोर्चाले बिगतमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्दै आएको छ । बैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनका कार्यक्रम आईटी आर्मीको नेतृत्वमा हुनेछ । बैठकले आईटी आर्मीलाई वैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जिम्मेवारी तोकेको हो ।

यस्तै बैंक, लघुवित्त र सहकारी ठग विरुद्धको आन्दोलन आजपाको  कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडी बढाउँने छ । बैंक, लघुवित र सहकारी ठग बिरुद्धको आन्दोलन आजपाले गर्दै आएकोमा यसलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी भ्रष्टाचार बिरुद्धको आन्दोलन सातै प्रदेशमा कडा रुपमा अगाडी बढाउँने निर्णय बैठकले गरेको प्रवक्ता साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आन्दोलनका कार्यक्रमलाई कडा रुपमा अगाडी बढाउँन निर्देशन दिएका छन् । विगतका आन्दोलनको समिक्षा गर्दै आन्दोलनलाई थप कडा बनाउने निष्कर्ष बैठकको छ ।

‘देशमा बढ्दो भ्रष्टाचार, बेथिति र विभेद विरुद्धको पाँच दिवसीय मधेश जागरण यात्रामा पहिलो दिन राज्य पक्षको अवरोधका बावजुद पनि आम जनताको अभुतपूर्व साथ, सहयोग र सहभागिताले गर्दा सानदार ढंगले सफल रहेको निष्कर्ष सहित यस अभियानलाई सफल पार्न योग्दान एवं भूमिका निर्वाह गर्नुहुने सबैप्रति हार्दिक अभार सहित विशेष धन्यवाद व्यक्त गरिएको छ’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी बैठकले पार्टीको सदस्यता वितरण तथा संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी सदस्यता वितरण सम्बन्धी कार्यविधि – २०८१ बैठकले सर्वसहमतिले पारित गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय कमिटीलाई पुनर्गठन समेत गरेको छ । प्रभु साह अध्यक्ष रहेको केन्द्रीय कमिटी दुई सय ८९ सदसिय बनाइएको छ । आमन्त्रित, स्थायी कमिटी, पदाधिकारी सहित केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?