ट्रेंडिंग:

>> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

भक्तपुर ।

आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ ।

कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्व ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन भएको छ । तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलव्धी हो ।

कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिक महिनासम्म) मा एक अर्व ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो ।

कार्यालय प्रमुख दीलिपकुमार गौतमले चालू आवको प्रथम चौमासिकमा गतवर्ष भन्दा धेरै कर संकलन भए पनि लक्ष्यभन्दा कम अर्थात् लक्ष्यको ७७ प्रतिशत मात्रै कर उठाउन सफल भएको जानकारी गराए ।

उनका अनुसार चालू आर्थिक वर्ष २०८१।८२ मा गत आर्थिक वर्ष २०८०।८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्व ९ करोड १९ लाख ८३ हजार राजश्व उठने अनुमान गरिएको छ । गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्व ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो । उक्त आर्थिक वर्षमा ५ अर्व ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।

कार्यालयका कर अधिकृत सराजेकुमार सिंहले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार प्रगति हासिल हुने आशा व्यक्त गरे । त्यसका लागि त्यही गतिमा लागिपरेका छौं, उनले थपे, आशा छ, हामी सवैको सहकार्यबाट यो सम्भब हुनेछ ।

कार्यालका अनुसार कार्यालयमा करदाताको जम्मा संख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँंच हजार ६ सय ६५ रहेको छ । यस आव साउनदेखि कार्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँंच सय ८१ करदाताहरु दर्ता भएका छन् ।

नेपाल सरकारले यसवर्ष देशभरि मंसिर १ गतेदेखि ७ गतेसम्म १३ औं राष्टिय कर दिवस २०८१ मनाएको थियो । यो वर्षको दिवसको नारा कर प्रणालीको सार, लगानीको आधार रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?