ट्रेंडिंग:

>> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ?

विश्व मधुमेह दिवस (सम्पादकीय)

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

आज विश्व मधुमेह दिवस हो । सुन्दा अचम्म लाग्ला अहिले विश्वमा ४२ करोड बयस्क मानिस मधुमेह पीडित छन् । यो सन् १९१४ को आँकडा हो । विश्वभरीका १० मध्ये एक महिला मधुमेह पीडित छन् भने हरेक सात नवजात शिशुमध्ये एक ग्यास्टेशनल डाइबिटिजकासाथ जन्मने गर्दछन् । नोभेम्बर १४ तारिकमा हरेक बर्ष मनाइने विश्व मधुमेह दिवसमा यो बर्ष महिलालाई हुने मधुमेहलाई जोड दिइएको छ । यो बर्षको नारा छः महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार रहेको छ । सुन्दा मधू अर्थात अमृत र महजस्ता नामबाट सुनिएता पनि आज विश्वका मानिसलाई यो डरलाग्दो रोग बन्न पुगेको छ । शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोग नै मधुमेह हो । यस्तो हुनुमा शरीरमा पर्याप्त मात्रामा इन्सुलिनको उत्पादन नहुनु र उचित प्रतिक्रिया देखाउन वा काम गर्न नसक्नु दुबै कारण हुन सक्छन् । मधुमेहका बिरामीमा छिटो पिसाब आउने, अत्याधिक तिर्खा लाग्ने, अपत्यारिलो गरी तौलमा तल माथि हुने, अत्यधिक थकान महशुस हुने हुन्छ । सामान्यतया मधुमेह दुई प्रकारका हुन्छन् । प्रथम प्रकारको मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्न सक्तैन । कुल मधुमेहका रोगीमध्ये १० प्रतिशत यसबाट पीडित छन् । दोस्रोमा शरीरले उचित र पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्ने हुन्छ । निश्चित समयमा उपचार भएन भने आँखाको रेटिनामा प्रभाव पार्न सक्छ ।
पहिला पहिला भन्ने गरिन्थ्यो मधुमेह धनीहरूको रोग हो । तर, अहिले यो धनीमामात्र सीमित रहेन । सबैखालका मानिस यसको शिकार बन्न थालेका छन् । पहिलो कुरा त यो रोग बंशाणुगत हुँदै नयाँ पिँढीमा आइरहेको छ । दोस्रो कुरा खानपान र शरीरलाई आराम दिन खोज्दा मधुमेहको समस्या देखिन थालेको हो । उच्च भू–भागमा बस्ने मानिसले सानै उमेरदेखि उकाली ओराली धाउँछ । मकै र गहुँको परिकार खान्छ सबै खाद्य बस्तु अर्गानिक हुन्छन् । विद्यालय पढ्न जानको लागि पनि दैनिक चार किलोमिटर भन्दा बढी हिँड्नु पथ्र्यो । घाँस दाउरा खोज्न, पानी भर्न पैदल नै जानुपथ्र्यो । यसले शरीरलाई कसरती बनाएको हुन्थ्यो । तर, आजभोलि शहरसँग यातायात जोडिएको कारण मानिसले मकै र गहुँको परिकारलाई पन्छाएर भात खान थाल्यो । रासायनिक मल प्रयोग गरेका तरकारी, अनाज, फलफूल खान थालेपछि र आरामलाई जोड दिन थालेपछि मधुमेहले त्यस्तो बोसो भरिएको शरीरलाई बासस्थान बनायो । बंशाणुगतलाई त रोक्न सकिने कुरा भएन, नियन्त्रण मात्र गर्न सकिन्छ । । तर, खानपान र आरामबाट हुने मधुमेहलाई शुरु देखि नै ख्याल गरियो भने रोक्न नै सकिन्छ ।
मधुमेहले मानिसलाई कसरी गाँजेको रहेछ भन्ने कुरा त माथिको तथ्यांकले नै देखाइदिएको छ । यो क्रम घट्दो भने छैन । बढिरहेको छ । किनभने अहिले मानिसले अत्यधिक मात्रामा बजारमा बनेका बस्तुहरू खाद्यको रूपमा प्रयोग गरेको पाइन्छ । कतै बढी ब्यस्तता र कतै आलश्यताका कारण बालबच्चालाई मानिसले बजारका तयारी नास्ता झोलामा हालिएका हुन्छन् । अहिले त मोबाइल र नेटवर्कले गृहणी महिलाहरूलाई समेत यस्तो ब्यस्त बनाइदिएको छ कि भानसामा खाना बनाउने फुर्सद पनि छैन । अधिकांश कामकाजी महिलाहरूले दिउँसो होटेलमा खाना खानेगरी काममा जाने गर्न लागेका छन् भने कतिले काममा गएको श्रीमान्लाई फर्कंदा होटेलबाट खाना ल्याउनु है भनेर अह्राउन थाल्छन् । अनेकथरी मरमसला राखेका होटेलका खाद्य परिकारले स्वास्थलाई कुन रूप देला ? अब सबैले यो कुरालाई मनन गर्नुपर्ने भएको छ । मधुमेह दिवस मनाइरहँदा यो रोगबाट कसरी आफू बच्ने र अरूलाई बचाउने भन्ने कुरामा विशेष ध्यान दिनु अहिले टड्कारो बिषय बन्न गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?