ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

अख्तियारमा गुल्मीका ६० उजुरी

९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

गुल्मी, ०९ मंसिर ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गुल्मीका ६० वटा उजुरी दर्ता भएका छन । अख्तियार बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० वटा उजुरी दर्ता भएको बताइएको छ । अख्तियारमा दर्ता भएका उजुरीहरू मध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ वटा उजुरी छानविनकै क्रममा रहेको अख्तियार बुटवल कार्यालयले जानकारी गराएको छ ।

अख्तियारमा दर्ता भएका उजुरीहरू मध्य रेसुंगा नगरपालिकाको ९, मुसिकोट नगरपालिका ५, इस्मा गाउँपालिका ६, कालीगण्डकीको ३, सत्यवतीको ७, चन्द्रकोटको २, रुरुक्षेत्रको ६, छत्रकोटको २, धुर्कोटको ६, मदानेको ५, मालीकाको ८ र गुल्मीदरबार गाउँपालिकाको १ उजुरी गरि कुल ६० उजुरी दर्ता भएको बताईएको छ । दर्ता भएका उजुरीहरू मध्य कालीगण्डकी गाउँपालिकाको उजुरी फछर्यौट भईसकेको छ भने अन्य पालिकाहरूका ३५ वटा उजुरी फछर्यौट भई २५ वटा अझै फछर्यौट हुन बाँकी रहेको अख्तियारले जनाएको छ ।

पछिल्लो समयम स्थानीय तहमा उजुरीको संख्या बढदै थालेसँगै स्थानीय तह र अख्तियार दुरूपयोग अनुसन्धान आयोग बिचको दुरी कम गर्ने उदेश्ले गुल्मीमा जिल्ला स्तरीयरूपमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । सदरमुकाम तम्घासमा गरिएको कार्यक्रममा दुइ नगरपालिका सहित १२ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरूको सहभागितामा कार्यक्रमक सञ्चालन गरिएको हो ।

कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सह सचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्र भित्र रहेका आठवटा जिल्लाको बारेमा जानकारी गराएका छन ।

उक्त कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरू एवं स्थानीय तहलाई आयोगका सुझावहरूका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक गरी मूख्य रूपमा तीन किसिमका रणनीतिक उपायहरूमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ । कार्यक्रममा सहभागीले अख्तियारसङ्ग सम्बन्धी आफ्ना अनुभव र थप जिज्ञासा राखेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर हरि पौडेलले पछिल्लो समयमा अख्तियारसङग डराउने भाष्य निर्माण भएको भन्दै सही नियतले काम गर्दा कसैसङ्ग डराउन नपर्ने बताएका छन । उनले अख्तियारमा उजुरी पर्दैमा विकास निर्माणका कामहरू रोक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission