ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

बिपीन रिहाईको पहलमा किन ढिलाई ?

९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

इजरायल र हमासबीचको युद्धका कारण गाजा क्षेत्रमा नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा परेको एक बर्ष पूरा भैसकेको छ । यो एक बर्षको बीचमा विपिन जोशीलाई मुक्त गराउने नेपालको कुटनीतिक प्रयास असफल भएको छ । नेपालले पटकपटक विपिन जोशीको रिहाईका लागि आग्रह गरेपनि उनको रिहाई हुन नसक्नुको पछि अनेक कारण होलान् । त्यसमध्येको प्रमुख कारण हो– नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जोडदार माग उठाउन नसक्नु । इजरायल र हमासबीच धेरैपटक युद्धविराम भयो । युद्धविराम लागू भएपछि हमासले बन्धक मुक्तीको प्रकृया अघि धेरैपटक अघि बढाएको हो । जस अनुसार विगत एक बर्षको बीचमा धेरै बन्धकहरू मुक्त भए । तर, नेपाली विद्यार्थी विपिन जोशीको रिहाई अझै हुन सकेको छैन् । नेपालले अहिलेसम्म धेरैपटक यसका लागि पहल नगरेको होइन तर जोडदार रूपमा आवाज उठाउन नसक्नु नेपालको कुटनीतिक कमजोरीको परिणाम हो । बिडम्वना हमासले बन्धक बनाएका नेपालका बिपिन जोशीको रिहाईको स्थिति भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । एक बर्षको बीचमा अरू देशका नागरिक मुक्त हुँदा विपिनको बिषयमा अहिलेसम्म अवस्था अज्ञात रहनु चिन्ताको बिषय हो । विगतमा कतारको मध्यस्थतामा नेपालले विपिन जोशीको रिहाईका लागि आवाज उठाएको बिर्सन सकिदैन् । कतारका राजा नेपाल भ्रमणमा आउँदा पनि यो बिषयले प्राथमिकता पाएको हो तर विपिनको रिहाईको आवाज अन्तर्राष्ट्रिय तहसम्म पुग्न सकेन् । उनी अहिले कुन अवस्थामा छन भन्ने समेत अहिलेसम्म अज्ञात छ । इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा पटकपटक गरि दुईसय बन्धक मुक्त गरे । गत बर्षको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो । त्यहीक्रममा नेपालका विपिनलाई हमासले बन्धक बनायो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बिपिन जोशीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म रिहाईका बिषयमा कुनै जानकारी नहुनुले चिन्ता थपिएको छ । इजरायल र प्यालेस्टाईनबीच अहिले युद्ध केही बिसाएको अवस्था छ । नेपालले यही बेला पुनः विपिन रिहाईको बिषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ । इजरायल हमास युद्धमा ४० हजार नागरिकको मृत्यु भएको छ ।

एक्काईसौं शताब्दीमा पनि शक्ति हुनेले निर्धोमाथि थिचोमिचो गर्दा सिंगो विश्व तमासा हेरेर बसेको देखिनु यथार्थमा मानव समुदायकै लागि लज्जाको विषय हो । अव नेपालले विपिन जोशीको रिहाईको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ । नेपालका तर्फबाट आगामी दिनमा हुनुपर्ने कुटनीतिक पहलमा कुनैपनि कमी नआओस् । नेपाल आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा न्याय र स्वतन्त्रता एवं विश्व शान्तिका पक्षमा दृढतापूर्वक उभिएको अवस्थामा आफ्नो एजेण्डा पूरा गर्न सक्षम हुने अपेक्षा छ । युद्धको विकल्प शान्ति नै हो । तसर्थ शान्तिका लागि अझैपनि पहल गर्नु जरूरी छ । युद्धका मामिलामा नेपालले अहिले देखाएको अडान यथार्थमा साना मुलुकहरूको प्रतिनिधित्व पनि हो । अहिले इजरायलले आफ्नो सैन्य क्षमता बढेको नाममा छिमेकी देशमाथि आक्रमण गरिरहेको छ । हजारौं मानिसले ज्यान गुमाएका छन । हमासपछि लेबनानमा अहिले इजरायलको नरसंहार जारी छ । नेपालले शान्तिप्रिय मुलुक हुनुको नाताले उक्त नरसंहारको भत्र्सना गरेको छ । सैनिक शक्तिका आडमा अर्को मुलुकमाथि आक्रमण र थिचोमिचो गर्दा पनि मौन रहने अवस्थाले साना राष्ट्रहरूको सार्वभौम सत्ता सधैँ संकटमा पर्छ । यसर्थ युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नेतर्फ पहल होस् । नेपालका बिपीन जोशीको तत्काल रिहाई गर्नेतर्फ पहल होस् । नेपाल सरकारले रिहाईका लागि दवाव बढाउने काममा ढिलाई नगरोस् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?