ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

सुरेशप्रति सम्मान

८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

सम्वत् २०५२ सालतिर बुटवलमा ‘प्रकट ब्याण्ड’ को नाम खुबै चर्चामा थियो । त्यो ब्याण्डभन्दा नि बढी चर्चा फेरि बटौलीको सेरोफेरोलाई समेटेर लेखिएको लोकपप गीतको थियो ।
तिनाउ खोला बटौलीको छेऊ
आउन माया बसेर माया गाँसिदेऊ ।
त्यतिबेला यो गीत सबैका ओठओठमा झुण्डिएका थिए । यो गीत नसुन्ने सायदै थिए होलान् बटौलीवरिपरिका । गीतले झ्याली पिट्यो । त्यही गीतले उक्त ब्याण्डलाई ईश्वर गुरुङको अनुरोधमा हङकङ पुरायो । गीतको लिड गायक थिए–सुरेश सेन्चुरी । साथमा थिए–भक्त, राकेश र भीमसमेत । गीत लेख्ने र संगीत भर्नेचाँही सम्शेर गहतराज थिए ।

सुरेशले २०५१ सालमा मुना घताने बिकसँग विहे गरेका थिए । छोरा र छोरीका बाबा बनिसकेका सुरेश यतिबेला दुईबीसे १७ पुग्दैछन् । कामले सधैं तन्नेरी । जोश, जाँगर र क्रियाशीलता उस्तै १७ वर्षे । थकाई, उनको सांगीतिक यात्राको शब्दकोशमा छैन ।

भारत इलाहावादको प्रयाग संगीत समितिबाट ‘संगीत प्रभाकर’ उपाधि हाँसिल गरेका सुरेशले भारतीय संगीत गुरु विश्वनाथ शर्माबाट शास्त्रीय संगीत सिकेका थिए । गिटार भने मदनसिंह नेपालीसँग काठमाडौंमा सिक्ने अवसर पाए । २०४५ सालमा रूपन्देहीको जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरेका उनले औपचारिक शिक्षा भने त्यतिमा नै टुंगाए ।

पागल प्रेम भिडियो फिल्ममा म तिम्रो नजरमा दोषी भएछु भन्ने आफ्नै गीतमा संगीतमात्र भरेनन् गाएर दुनियाँलाई सुनाए । गायन, वाद्यबादन उनको रुचीको विषय हो । नृत्यमा उनको दख्खल छ । सुगम संगीतमा जोड दिदैं आएका सुरेशले शास्त्रीय संगीतमा गहिरो साधना गरेका छन् । संगीतले आत्मिक आनन्दमात्र होइन शान्त बनाउने उनको भोगाई छ ।

भारतको डीआडी लिटिल मास्टरमा सर्वोकृष्ट हुने टेरिया फौजाले सुरेशलाई गुरुदक्षिणा स्वरूप प्रख्यातिको शिखर चुमाइन् । अर्जुन कौशल, सुजाता पाण्डेय, साहिर अलि, चिरञ्जीवी भण्डारी लगायतलाई शिष्य बनाउन पाउँदाका खुसीहरू उनका अनुहारमा आजपनि सजिलै देख्न सकिन्छ । सरिता पन्थी, किशोर विक, प्रेम नेपाली, मेनुका नेपाल, अनु रजाक, सुन्दर गुरुङ र जीवन मिश्रले आफ्नो जीवनमा नयाँ बहार ल्याएको ठान्ने सुरेशले त्यस्ता अनुशासित र कर्मशील शिष्यहरूप्रति आफू सधैं कृतज्ञ रहने सुनाए ।

२०४८ सालमा उनले पहिलोपटक महेश पाल्पालीसँग बुटवलमा नारायणगोपालका केही गीतहरू गाए अनि पाए नगद ७५ रूपैयाँ । बुझेको नगद नोटलाई आमाको हातमा टक्राए । त्यतिबेला आमाको आँखामा खुसीका आँसु हाँसेका थिए । जीवनमा गाएर उनले कमाएको पहिलो कमाई नै त्यही ७५ रूपैयाँ थियो । सुरुसुरुमा रहरका निम्ति गाउने चलनले उनलाई कलाकार बनायो । आज सबैकाबीचमा प्रख्याति पनि । गीत लेख्छन् । संगीत भर्छन् । गायनबाट आफूलाई परिचय दिन्छन् सुरेश । उनकै गीत, संगीतमा भारतीय चल्तीका गायकहरू कुमार सानु, कुमार कान्छाले आवाज भरेका छन् । बुटवलमा रहेर उनले देश, विदेशमा आफूलाई चिनाएका छन् । परिचयको दायरालाई फराकिलो बनाएका छन् गीत, संगीतमार्फत ।

तिलोत्तमा नगरपालिकाले तयार पारेको नगर गानमा उनले संगीत भरेका छन् । बुटवल उपमहानगरपालिकाले तयार पारेको विकासे गीत, गौतमबुद्ध मुटु अस्पतालले बनाएको स्वास्थ्य सम्बन्धी गीतमा संगीत भरेर आफूलाई योग्य एवम् दक्ष संगीतकारका रूपमा नउभ्याएका कहाँ हुन् र ? यतिबेला उनले लुम्बिनी प्रदेशका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्यहरूलाई समेटेर गीत, संगीत भर्दैछन् ।

गण्डकी प्रदेशको पर्वत जिल्लाबाट बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा जानकीनगरमा स्थायी बसोबास गर्दै आएका सुरेशका बाबाले भारत, गोरखपुरको कुँडाघाट लाहुरे क्याम्पमा सुन पसल थापेका थिए । सात दाजुभाईमध्येका सुरेश काइँला हुन् । काइँलाको करातम संगीतक्षेत्रमा उज्यालो बनेको छ ।

तिम्रो माया, लण्डने नेपाली, कैदीको पत्र र ढाक्रे दाइ फिल्महरूमा सुरेशले संगीत दिएका छन् । तिलोत्तमा साहित्य, कला,संगीत प्रतिष्ठान र टेरिया फौजा फाउण्डेशनका उपाध्यक्ष रहेका उनले स्थानीयस्तरबाट पाउनुपर्ने पुरस्कार, सम्मान र प्रशंसा पाउन बाँकी छैन । तर, राज्यका माथिल्ला निकायबाट उनको करामतलाई देख्ने कोही भएनन् । यो उनको गुनासो भने होइन । कुनैदिन आफ्नो सम्मान समयले गर्ने बताउँछन् ।
आफ्नो कृति, क्षमता, प्रतिभा र पौरखबाट चिनिन रुचाउने सुरेश सेन्चुरी बुटवलमा रहेको बागेश्वरी कला तथा संगीत एकेडेमीमा लामो समय प्रिन्सिपलको रूपमा कार्यरत् थिए भने यतिबेला राजश्री संगीतालय बुटवलमै खोलेर आफै मालिक बनेका छन् । गिटार, हर्मोनियम, तबला र बाँसुरीका धुनमा विद्यार्थीका औंलाहरू दौडाइरहेका छन् । चारदिवारबाट उन्मुक्त भएर आकासमा कावा खाने पंक्षीजस्तै स्वच्छन्द भई गीत, संगीतमार्फत फराकिलो सांगीतिक संसार खोजिरहेका छन् । बुटवलमा स्थायी नाटकघर बनाउने उनको रहर अझै बाँकी नै छ । हुन त उनले बुटवलमा रहेर थप्रै नाटक प्रदर्शन गरिसकेका छन् । उनलाई चिन्ने मानिसहरूले उनको संगीतप्रति सम्मानभाव प्रकट गर्छन् । उनको कला र गलामा तारिफ भरेका छन् । गीत, संगीतमा निरन्तर साधनारत उनलाई लुम्बिनी प्रदेशकै संगीत क्षेत्रको ओस्ताजका रूपमा देख्न र भेट्न पाइयोस् । शुभेच्छा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?