ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

मृत्युबाट अमरतातिर कसरी जाने ?

२९ कार्तिक २०८२, शनिबार
२९ कार्तिक २०८२, शनिबार

“असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय”, बृहदारण्यक उपनिषद् १.३.२८ र ’असत्यबाट सत्यतिर लैजाऊ, अन्धकारबाट प्रकाशतिर लैजाऊ र मृत्युबाट अमरतातिर लैजाऊ’, यो केवल प्रार्थना होइन मानवीय अस्तित्वको सबैभन्दा गहिरो चित्कार हो ।

यही सूत्रमा वेद र उपनिषद्को सम्पूर्ण दर्शन अटाएको छ । जीवनका प्रत्येक क्षणमा हामी नाशवान् कुरा सम्हाल्न व्यस्त छौंः शरीर, धन, प्रतिष्ठा र सम्बन्ध । तर उपनिषद् भन्छ– “यी सबै परिवर्तनशील हुन् तिमी होइन” ।

मृत्युबाट अमृत पुग्ने यात्रा शरीरको रक्षा होइन स्व चेतनाको जागरण हो, त्यो सत्य चिन्नु हो जसले मृत्युभन्दा पर लैजान्छ ।

आत्माको अमर स्वरूप: वेदान्तको मूल शिक्षा:–
वेद र उपनिषद्हरूले स्पष्ट रूपमा घोषणा गरेका छन् कि हामी केवल यो पञ्चमहाभूतले बनेको शरीर र क्षणिक मन मात्र होइनौँ । हाम्रो वास्तविक स्वरूप आत्मा हो, जसलाई ’ब्रह्म’ पनि भनिन्छ ।

यो आत्मा न जन्मिन्छ, न मर्छ, न यसलाई आगोले जलाउन सक्छ, न त पानीले भिजाउन सक्छ । (नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। –श्रीभगवद्गीता २ः२३)

कठोपनिषद्मा यमराजले नचिकेतालाई ब्रह्मज्ञान दिँदै भन्छन्, “यो आत्मा अजन्मा, नित्य, शाश्वत र अनादि छ । शरीरको विनास हुँदा पनि यसको विनास हुँदैन ।“ (कठ. १.२.१८)

भगवद्गीताले पनि यही भनाइलाई स्पष्ट गर्छ, जसरी पुराना वस्त्र त्यागेर नयाँ वस्त्र लगाइन्छ । त्यसरी नै आत्माले पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्छ । (वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि । तथा शरीराणि विहाय जीर्णा– न्यन्यानि संयाति नवानि देही ।।

–श्रीभगवद्गीता २.२२) 
अतः अमृतत्व भनेको मृत्युपछि पाइने कुनै स्वर्गीय तृप्ति होइन बरु जीवनमै अनुभूत हुने सत्य हो कि म शुद्ध, साक्षी र ब्रह्मस्वरूप छु ।

मृत्युको मूल कारण अज्ञानताः–
उपनिषद् भन्छ– “अविद्यायाम् मृत्युं तीत्र्वा विद्ययाम् अमृतम् अश्नुते” (ईशोपनिषद्, मंत्र ११)  अर्थात्, अज्ञान पार गरेपछि मात्र अमृतत्व प्राप्त हुन्छ । मृत्यु डरको कारण शरीर होइन, आफ्नो सत्य स्वरूप नचिन्नु हो ।

हामी “म यो शरीर हुँ” भन्ने भ्रममा बाँधिएका छौं । यही अज्ञानले हामीलाई सुख–दुःख, आशा–भय र जन्म–मृत्युकै जालमा बाँधेको छ । त्यसैले, वेदले ज्ञान लाई नै मुक्ति मार्ग मानेका छन् ।

ज्ञानका तीन बाटोः–
१. कर्मयोग– निःस्वार्थ भावले कर्तव्य कर्म गर्नु, फलमा आसक्ति नदेखाउनु ।
२. भक्तियोग– आफ्नो अस्तित्व परमात्मामा समर्पण गर्नु ।
३. ज्ञानयोग – “नेति नेति” (यो होइन, यो होइन) भनी शरीर, मन, बुद्धि र अहंकारबाट आफूलाई अलग गर्दै अन्ततः “अहं ब्रह्मास्मि” म नै ब्रह्म हुँ भन्ने अनुभूति प्राप्त गर्नु ।

मृत्युलाई उत्सव बनाउने कलाः–
उपनिषद् सिकाउँछ “जो आत्मालाई चिन्छ, उसलाई मृत्यु छुँदैन”।

मृत्युबाट अमृतसम्मको यात्रा जीवनकै बीचमा सुरु हुन्छ । जब मानवले आफूलाई शरीर होइन, चेतनाको स्रोतका रूपमा चिन्छ, त्यो क्षण ऊ मृत्यु पार गर्छ । त्यसपछि, मृत्यु भय होइन एउटा रूपान्तरणमात्र हुन्छ । जसरी रात पछि बिहान आउँछ, त्यसरी नै जीवन पछि अर्को प्रकाश । ज्ञानले सम्पन्न व्यक्ति जीवनमा शान्त हुन्छ, मृत्युमा स्थिर हुन्छ ।

त्यो जीवनमुक्त हुन्छ, शरीर रहँदा पनि बन्धनमुक्त । उसका लागि मृत्यु कुनै अन्त्य होइन, आत्मा र ब्रह्मबीचको पुनर्मिलन हो ।

निष्कर्ष:  मृत्युबाट अमृत पुग्नु भनेको मृत्यु जित्नु होइन, तर मृत्युमा पनि आफ्नो अमर स्वरूप देख्नु हो । वेद र उपनिषद्ले हामीलाई यही सिकाउँछन् । बाहिरको संसार परिवर्तनशील छ, तर भित्रको सत्य शाश्वत छ ।

जब मानवले यो सत्य अनुभव गर्छ त्यस क्षण ऊ अन्धकारबाट ज्योतिको यात्रा पूरा गर्छ र “मृत्योर्मा अमृतं गमय“ भन्ने मन्त्र केवल शब्द नभई आत्म बोधको दिव्य अनुभव बन्छ । अमृतत्व त प्राप्त गर्ने कुरा होइन, स्मरण गर्ने कुरा हो किनकि आत्मा त सधैँ अमर छ, मरेको त केवल अज्ञान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?