ट्रेंडिंग:

>> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता

सुर रक्सको ‘ पञ्चेबाजा बजाई लान्छु ’ सार्वजनिक

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

बुटवल, १० मङ्सिर ।

नेपाली सङ्गीतको क्षेत्रमा सक्रियता पूर्वक क्रियाशील रहेका गायक तथा सङ्गीतकार सुरज अधिकारी (सुर रक्स) को नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक भएको छ । सुर रक्स तथा बबी रोजा ढकालको सुमधुर स्वर रहेको यो गीत सुर रक्सकै शब्द तथा सङ्गीतमा तयार भएको हो ।

आधुनिक शैलीमा तयार गरिएको यो लोक–फ्युजन शैलीको गीतले नेपाली मौलिक संस्कृतिलाई समेट्दै आधुनिक प्रस्तुति दिइएको छ । गीतको भिडियोमा ख्याति प्राप्त मोडेल तथा निर्देशक सुनिल क्षेत्री र मोडेल सञ्चिता बोलाखेको आकर्षक अभिनय रहेको छ ।

भिडियोको निर्देशन स्वयं सुनिल क्षेत्रीकै रहेको छ भने कोरियोग्राफी अबी वाग्लेले गरेका छन्  । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन अमृत चापागाईँ ले गरेका हुन् । सङ्गीत संयोजनको जिम्मेवारी कुशल सिंह ले सम्हालेका छन् ।

भिडियोमा उत्कृष्ट भिजुअल प्रस्तुति, मौलिक पहिरन र परम्परागत शैलीमा आधारित पन्चेबाजाको माहोलमा छायाङ्कन गरिएको छ । गीतमा परम्परागत र आधुनिक वाद्य यन्त्रको उत्कृष्ट संयोजन गरिएको छ, जसले नेपाली सांस्कृतिक विवाह समारोह र उत्सवहरूको मौलिक प्रस्तुति झल्काएको छ ।

भिडियो श्री सिम्फोनिक स्टुडियोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुर रक्स विगत लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका बहुमुखी कलाकार हुन् । उनले चलचित्र ‘ए साथी सुन’ का चर्चित गीत ‘ची मुसी ची मा’, ‘तिमिले माग्छौ भने मुटु’ लगायतका गीतमा शब्द तथा सङ्गीत भरेका छन् ।

त्यस्तै ‘आऊ आज मायाको’, ‘नरिसाऊ न प्लिज’, ‘जीवन सुनमा सुगन्ध’, ‘मुटु र तिमिमा’, ‘तिमी रिसाउँदा’, ‘भुलौँ जे भयो’, ‘मैले तिम्रो नाम लिएँ’, ‘केटो भाग्यमानी’, ‘गर्लफ्रेन्ड छैन’ लगायतका प्रिय गीतमा पनि उनी सङ्गीतकार तथा स्वर कलाकारका रूपमा सक्रिय रहेका छन्  र नेपाली सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् ।

हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?