ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सपनाको सपना !

२९ कार्तिक २०८२, शनिबार
२९ कार्तिक २०८२, शनिबार

२०६६ सालमा रुपन्देही जोगीकुटीको जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरेपछि सपना आलेको कक्षा ११/१२ पढ्ने सपना तुरुन्तै पूरा हुने सकेन ।

उनको बिहे २०६७ मा पाल्पा, माथागढी–३, भैंसीकट्टाका पूर्णबहादुर आलेसँग भयो । बिहेपछि सन्तानको खेतीतिर लागिन् र जन्माइन् छोरी । नाम राखी दिइन् शीतल ।

अहिले खहरेको सनराईज बोर्डिङ्गमा कक्षा पाँचमा पढ्दै छिन् शीतल । सन्तानको रहर पूरा गरेपछि दिव्य ज्योति मावि माथागढी–३ सराईबाट सपनाले कक्षा १२ उत्तीर्ण गरिन् ।

श्रीमान् पूर्णबहादुर आले सहारा आधारभूत विद्यालयमा स्थायी शिक्षकका रूपमा कार्यरत छन् । श्रीमान् र छोरी स्कुल जान थालेपछि सपनाले हात खाली राखेर घरमा बस्न चाहिनन् ।

खाली रहेको आफ्नै पुख्र्याैली पाँच रोपनी जग्गामा कृषि कर्म गर्ने रुचि राखिन् । तर उनीसँग कोरा शिक्षा बाहेक केही थिएन । उनले गाउँमै कालिकादेवी कृषि समूह गठन गरेर ३१ जना दिदी बहिनीहरूलाई समाहित गरिन् ।

सामाजिक स्रोत विकास केन्द्र–नेपाल पाल्पाबाट कृषि सम्बन्धी तालिम दिलाइन् । आफूले पनि लिइन् तालिम । उनीहरूलाई उक्त संस्थाबाट आर्थिक र प्राविधिक सहयोग मिल्यो ।

उनी आफूले व्यक्तिगत रूपमा समेत २५ हजार अनुदान संस्थामार्फत लिएर मल्चिङ्ग प्लास्टिक, टनेल र थोपा सिँचाइका लागि पाइप खरिद गरिन् । कृषि ज्ञान केन्द्र पाल्पा, किसान परियोजना र स्थानीय एग्रोभेटले समेत उनको कृषि कर्ममा प्राविधिक सहयोग मिलेको रहेछ ।

तालिम प्राप्त गरेपछि र आफ्नो श्रम, सीप र समय खर्चिएर सपनाले बेमौसमी तरकारी खेती गरेकी छिन् । उनले काँक्रो, खुर्सानी, करेला, सेमी, उत्पादन गरेर गत वर्ष चार लाख आम्दानी गरिन् ।

गत वर्ष ७० क्विन्टल काँक्रा, १२ क्विन्टल जति सेमी, तीन क्विन्टल खुर्सानी र दुई क्विन्टल करेला बेचेकी थिइन् । पाल्पाको नयाँ पाटी, तानसेन नै उनीहरूको बजार रहेछ । सपनाले भन्दैथिईन– गाउँमा कृषि एम्बुलेन्स भएमा हामी किसानहरूलाई उत्तम हुने थियो ।

भनेको बेला कृषि उपज बजार पुराउन नसक्दा भाउ नपाइने र कहिलेकाहीँ कुहिएर जाने भएकाले पिरलो छ । यस वर्ष पनि गत वर्षको तुलनामा बढी आम्दानी गर्ने गरी कृषिमा मिहिनेत गर्दै छु ।

सपनाले असाध्यै मिहिनेत गर्छिन् । सिँचाइका लागि पानी पोखरी तयार पारेकी छिन् । केरा, सुन्तला, कागती, फलफूल र कफी समेत लगाएकी छिन् । एक क्षण पनि कुरा काटेर वा बेफुर्सदिलो भएर बस्ने रहर उनमा छैन ।

दुई वटा माउ बङ्गुर र दुई वटा पाडा समेत पालेकी छिन् । भविष्यमा कृषिकर्मीबाटै अघि बढ्दै प्रगति र उन्नति गर्ने सपना बुनेकी सपनाको इच्छा छिट्टै पूरा होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?